ताजा अपडेटः

ठुला सवारि साधनले सडक बिगारेको भन्दै सडक अबरुद्ध

ठुला सवारि साधनले सडक बिगारेको भन्दै सडक अबरुद्ध प्रकाशित मिति: १३ असार २०७९, सोमबार १५:१६

सुनवल। पश्चिम् नवलपरासीको सुनवल – ३ देवकोटा चोकका स्थानिय बासिले आज विहान सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन ।

ठुला सवारी साधन तथा ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधनले सडक विगारेको,सडकमा धुलो अत्यधिक भएकोले दिउँसै झ्याल ढोका बन्द गर्नुपर्ने समस्या भएको भन्दै सडक अबरुद्ध गरेको स्थानिय बताउछन ।

केहि समयको सडक अबरुद्ध र आवागमनमा रोक पछि सम्झौता गरि सडकमा सवारीसाधन आवतजावत सुरु भएको  छ ।

भित्रि बाटो भएकाले कम गतिमा गाडि चलाउने र दिन दिनै सडकमा टेङ्करबाट पानी हाल्ने स्थानियबासी र प्रहरी विच सहमति भएपछि पुनः सवारी आवतजावत गर्न दिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

सहमति अनुसारको काम नभए भोलीबाट पुन: सवारी आवागमनमा रोक लगाउने स्थानियबासी मन्जु सुवेदीले बताउनुभएको छ

पुर्वपश्चिम् राजमार्ग अन्तर्गत सुनवलमा पर्ने तुरिया खोलाको डाइभर्सन केहि समय अगाडि आएको बाढिले बगाएपछि बुटवल वर्दघाट भएर चल्ने ठुला ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधन सुनवल, देवकोटा चोक ,खकरीबारी भएर गैडाखाल हुदै आवत जावत गर्ने गरेका थिए ।



Ads