ताजा अपडेटः

बिहादिको आर्थिक बर्षको बजेट:कृषि एम्बुलेन्स देखि सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्सको प्राथमिकता

बिहादिको आर्थिक बर्षको बजेट:कृषि एम्बुलेन्स देखि सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्सको प्राथमिकता प्रकाशित मिति: १२ असार २०७९, आईतवार १८:५७

अमृत भट्टराई,पर्वत। पर्वतको विहादी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ।

गाउँपालिका उपाध्यक्ष मीना तिवारीले ४३ करोड ४०लाख १३ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गर्नुभएको हो । यस बर्ष गाउँपालिकाले कृषि, पर्यटन, रोजगार,स्वास्थ्य शिक्षा, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।

यस बजेटबाट बिहादीबासीको घर घरमा खानेपानीका घारा जडान, सबै सडकको स्तरउन्नति गर्दै दुखी ,गरीबी पिछडिएकाको लागि सुरक्षित आवास निर्माण गरिने नीति तथा कार्यक्रममा पेश गरिएको छ ।

श्रम सम्बन्धलाई प्राथमिकता दिदैं सार्वजनिक पूर्वाधार निर्माण,कृषि व्यवसायिक उद्योग,वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड,बैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्नका बिषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उपलब्ध स्रोत ,साधन,पुँजी,सिप एवं प्रविधिको उपयोगबाट औद्योगिक उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने गरी उद्योग क्षेत्रका कार्यक्रम संचालन गर्दै लघु कर्जामा पहुँच तथा व्यावसाय स्थापना र बजारीकरण गर्न परामर्श गरिने बिषयलाई कार्यक्रममा समावेश गरिएको छ बाकी तलको भिडियोमा हेर्नुस् ।



Ads