ताजा अपडेटः

सुनवलको नदुवाटोलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनवलको नदुवाटोलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: ११ असार २०७९, शनिबार २०:५५

सुनवल। सुनवल नगरपालीका वडा नम्बर ३ नदुवा टोलमा स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक विकास मंच र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले परिवर्तन बाल क्लवका बालबालीकाहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको हो ।

परिवर्तन बाल क्लबका अध्यक्ष लक्की घर्तिको अध्यक्षता तथा वडा नम्बर ३ का वडा सदस्य गिर बहादुर बुढाथोकीको प्रमुख आतित्थ्यतामा भएको अभिमुखि कार्यक्रममा उपेक्षित उष्ण प्रदेशिय रोगहरु संबन्धित जनचेतना मुलक कार्यक्रम गरीएको थियो ।

बाल सिकाई केन्द्रको सभाहलमा भएको कार्यक्रममा ३५ जना बालबालीकाहरुको उपस्थिती रहको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले उपेक्षित उष्ण प्रदेशिय रोगहरु कम गर्न पहल गरिने बताउनुभएको छ भने सहभागी बालबालिकाले आफ्नो घर-परिवार, टोल र समाजमा यस्ता रोग भएमा स्वास्थ्य संथा सम्म पठाउने बताएका थिय ।

त्यसैगरी कार्यक्रममा बोल्दै परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटाले उष्ण प्रदेशिय रोगहरुमा पर्ने जुका,सर्पदंश,रेविज,लुतो,फितो जुका,कालाजार,कुष्ठरोग,चिकन गुनिया डेगीं,खस्रे रोग ,हाक्ति पाईले लगाएतका रोगहरुको बारेमा जानकारी गराउदै यस्ता रोग बाट बच्न अबलम्बन गर्नुपर्ने सतर्कताको विषयमा पनि बालबालीकाहरु लाई अवगत गराउनुभएको थियो ।

आधारभुत स्वास्थ्य परियोजनाले अहिलेको वर्ष बाट आफ्नो क्षेत्र विस्तार गरी नवलपरासिको सुनवल,रामग्राम र बर्दघाट नगरपालिका कार्य गर्दै आईरहेको छ ।

खास गरी यस संस्थाले गरिब,विपन्न तथा सिमान्तकृत,गर्भवती महिला एवं उष्ण प्रदेशिय उपेक्षित रोगहरु कुश्ठ रोग र हात्ती पाईले रोगका विरुद्ध आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेका आइरहेको छ ।



Ads