ताजा अपडेटः

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु प्रकाशित मिति: ४ असार २०७९, शनिबार १९:५४

चितवन।चितवनको माडीमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा माडी नगरपालिका वडा नं. ८ बस्ने २५ बर्षका सूर्य गुरुङ र सोही ठाउँ बस्ने ३० बर्षका शिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार सुरुमा गुरुङ इनारभित्र पसेका थिए । तर उनले सहयोग गर्न हातले इशारा गरेपछि राई कम्मरमा डोरी बाँधेर गुरुङलाई उद्दार गर्न इनारभित्र गएका थिए । राईले बाँधेको डोरी चुडिएपछि उनी पनि तल खसेका प्रहरीले जनाएको छ । दुबै जनाको अक्सिजनको कमी भई मृत्यु भएको प्रहरीको अनुमान छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर ल्याइएको छ ।



Ads