ताजा अपडेटः

अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ प्रकाशित मिति: ४ असार २०७९, शनिबार १९:३९

दाङ।दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको गणेश चन्दको घरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो।

बलात्कारमा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–९ का अर्जुन विक र अर्जुन नेपाली फरार रहेका छन् । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

घटनामा संलग्नमध्ये ३ जनाले सामूहिक बलात्कार गरेको र कमल चौधरीले युवतीलाई बोलाउने काम गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।