ताजा अपडेटः

माओवादी केन्द्र विहादीका अध्यक्ष भुसालले गरे विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

माओवादी केन्द्र विहादीका अध्यक्ष भुसालले गरे विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रकाशित मिति: ४ असार २०७९, शनिबार १७:०७

अमृत भट्टराई,पर्वत।नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिका अध्यक्ष ऋषिराम भुसालले आफ्नो जन्मदिनको अबसरमा विहादी गाउँपालिका वडा ४ वहाकीमा रहेको सगरमाथा मा. बि. मा अध्यापन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

भुसालले भने जन्मदिन केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ भन्दै उनले शैक्षिक सामाग्री लिएर विद्यालय पुगेका थिए । पार्टी गरेर फजुल खर्च गर्ने भन्दा आफुले सकेको सहयोग सामाजिक क्षेत्रमा गर्ने पाउदा निकै खुशी लागेको भुसालले बताए।

भुसालले सामाजिक क्षेत्रमा रहेर समाजसेवी सँगै आधुनिक तरिकाबाट कृषि गर्दै धेरै किसानको खेत बारीमा गएर विभिन्न तालिम सँगै पर्राम्श समेत दिने गरेका छन् ।



Ads