ताजा अपडेटः

पहिरोमा पुरिएर सासू बुहारीको मृत्यु

पहिरोमा पुरिएर सासू बुहारीको मृत्यु प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार ०८:२०

ताप्लेजुङ।पहिरोमा परेर ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको हो ।

गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुरिएकै अवस्थामा शव भेटिएको हो ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको  छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ ।



Ads