ताजा अपडेटः

खेम सेन्चुरी र सपना रोकाले ल्याए ‘नन्दनी’

खेम सेन्चुरी र सपना रोकाले ल्याए ‘नन्दनी’ प्रकाशित मिति: २ असार २०७९, बिहीबार १३:३६

बुटवल। पछिल्लो समयमा नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ । दिनहुँ दर्जनौ गित बजारमा आईरहेका छन। कति गित करोड क्लबमा प्रवेश गरिसकेकाछन भने कति प्रवेश गर्ने क्रममा छन । कति सर्जक दुख पीडा वेदनाका गित लिएर संगीतमा झुमिरहेका छन भने कति सर्जक नचाउने हसाउने गित लिएर संगीतमा निरन्तर लागिरहेका छन ।

दिनहुँ दर्जनौ गित बजारमा आउने क्रममा सपना रोकाको नयाँ दोहोरी गित ‘नन्दनी’ सार्वजनिक भएको छ ।

पछिल्लो समयमा अत्यधिक रुचाईएको दोहोरी गायक खेम सेन्चुरी र गायिका सपना रोकाको आवाजमा रहेको ‘नन्दनी’ गितमा गायक एवम् सर्जक विक्रमबाबु विश्नकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक नन्दु परियारको संगित रचना रहेको छ ।

डान्सिङ्ग गितमा अत्यधिक रुचाईएका मोडल सुनिल क्षेत्री र कविता न्यौपानेको अभिनय रहेको गितमा क्षेत्रीकै उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको छ । गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन गरेका छन।

Sapana Roka को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको गितलाई करोड क्लबको शुभकामना



Ads