ताजा अपडेटः

“उपेक्षित उष्ण पा्रदेशिय रोगहरुका क्षेत्रमा बजेट छुट्टाउनु आजको आवश्यकता “

“उपेक्षित उष्ण पा्रदेशिय रोगहरुका क्षेत्रमा बजेट छुट्टाउनु आजको आवश्यकता “ प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलवार २०:३६

वसन्त सापकोटा, सुनवल।उपेक्षित भन्नाले सामान्यता वास्ता नगरिएको हेला गरिएको बुझिन्छ । यी रोगहरुलाई उपेक्षित भन्नुका कारण ससारभर नै यी रोगहरुको सम्बन्ध गरिबीसग छ र अन्य जति कै ध्यान दिइएको छैन ।

यस्ता रोगहरुले राजनीतिक प्रतिबद्ध कम र जनस्वास्थ्यका हिसाबले प्राथमिकता प्राप्त गर्न नसकेको अवस्था छ। यस्ता रोगहरु बिश्व परिवेश मा २० वटा र नेपालको परिवेशमा १० वटा छ्न।

नवलपरासी जिल्लामा यस क्षेत्रमा इन्द्रेणी सामाजिक बिकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाले एकल रुपमा काम गरि रहेको छ। यस क्षेत्रमा केन्द्रियस्तरबाट पहल भएता पनि स्थानीय तहहरुले आफ्नो निति तथा कार्यक्रममा उपेक्षित उष्ण पा्रदेशिय रोगहरु (NTDs) समाबेश नगरिनु स्वास्थ्य क्षेत्रमा एउटा चुनौतीका रुपमा रहेको छ। स्वास्थ्यका क्षेत्रमा काम गर्नेहरुको अनुगमन र मुल्यांकनमा कमि तथा नवनिर्वाचित जनप्रतिनिधिको यस बारेमा अनबिज्ञता रहेका छ्न।

यदि यस क्षेत्रमा बजेट छुट्टाउन सकिएको खण्डमा स्वास्थ्य क्षेत्रलाई सबल , सक्षम र प्रभावकारी बनाउन सकिन्छ। गरिबीको दुशच्क्रमा परेकामा विशेष गरि यस्ता रोगहरु देखिने हुदा कालान्तरमा अपांगता भएको पनि पाईन्छ। स्वास्थ्य क्षेत्रमा बनाइने नीति तथा कार्यक्रममा अर्जुनदृष्टि नहुदा र स्वास्थ्य क्षेत्रमा जानकारहरुले मालिक्याईको भावना देखाउदा यस क्षेत्रमा बजेट नपरेको तथा परेको बजेट पनि सहि प्रयोग नभएको स्वास्थ्य विज्ञहरुको भनाई छ।

अब्बल भाषामा लेखिएका नीति तथा कार्यक्रम ले बास्तबमा जनताको समस्या समेट्न नसक्दा बढी मात्रा NTDs का प्रभावित देखा परेका छ्न । जन्जिर बाट मक्ती दिलाएर स्वतन्त्रताको सुगन्ध छरे झै ” साना साना कुरामा ध्यान दिन सकेमा मात्र स्वास्थ्य समस्य समाधान हुनेछ अनि मात्र अरबौ डलरमा किन्न नसकिने खुसी नगरवासी ले प्राप्त गर्ने छ्न ।

सुनवल नगरपालिकामा हेर्दा विशेष गरि बडा न ४,३,७,८,र ११ मा उपेक्षित उष्ण पा्रदेशिय रोगहरुबाट प्रभावित १८ भन्दा बढी हुनुहुन्छ। अझै पनि यस क्षेत्रमा सरोकारबाला पक्षको ध्यान नगएमा यो सख्या दिनमा दुई गुना र रातमा चार गुना गरेर बढने छ अनि नगरबासिका हुदयबिदारक दृश्य हेर्न बाध्य हुने छौ त्यसैले चाकडिवाद र चाप्लुसिवादको पछाडी नलागी उचित नीति तथा कार्यक्रम तर्जुमा गरोस ।

यदि यस पटक समेत चुके नगरवासिको नेतृत्वमाथीको अन्तिम धैर्यता सधैंका लागि टुटने छ।



Ads