ताजा अपडेटः

चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो

चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलवार ०७:४३
काठमाडौं।यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि  गएराति ९ बजेदेखि अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको छ ।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।



Ads