कथा : यो कुरा धेरै पहिलाको हो।एउटा सुन्दर गाउँ थियो।जसमा धेरै गरिब किसानहरु बसोबास गर्थे।उनी किसानहरुब पशु पालन बाट जिबिकोपार्जन गर्थे।त्येही किसान बस्तिमा जन्म लिएको एक बालक म पनि हुँ।मेरो मित्र श्यामको घर पनि मेरो घरको आड्मै थियो।हामी सानै देखि एकदमै मिल्ने साथी थियौं।
हामी बिच धन सम्पत्ति,दुख,कष्ट,गरिबी सब समान थियो तर एक कुराको भने फरक थियो।फरक यती मात्र हो कि श्याम सानै देखि पढाईमा मिहिनेती र अब्बल थियो तर म भने अल्छि थिएँ।मलाई पढ्न भन्दा धेरै पशु चर्याउन आउँथियो।पशुलाई कसरि नियन्त्रण गर्ने ,कस्तो बेला पशु चर्याउदा ठिक र कस्तो बेला बेठिक भन्ने कुरामा म अब्बल थिएँ।यस्तै पढाईको विषयमा भन्ने हो भने मलाई मेरो नाम लेख्न मात्र आउथियो अरु केही जान्दैनथे।अझ मलाई मेरो बुबाले बोक्सिको कारणले पढ्न नआएको कि भनेर धामिकोमा समेत लैजानू भयो तर लाग्दै नलागेको रोग कसरि निको हुन्छ र ?
एक दिन श्यामले मलाई पाठशाला जाने बेला आएर सोध्यो “माने त आज पाठशाला नजाने ?”
“ह्या पाठशाला गएर के गर्ने ? सधै त्यो मास्टरको कुटाइ खान तैं जा म त जान्न।” मैले भने ,
उ मलाई सधै झै त्यो दिन पनि भनेर गयो कि”नजा नजा त एक दिन आफनो गलत सोचले पछुताउने छस”
तर श्याम र मेरो पढाईको फरकपनामा पनि कारण छ।कारण यो हो कि उ म पढेर केही गर्छु ,मेरो परिवारलाई गरिबीबाट मुक्त गर्छु भन्ने सोचले पढ्ने गर्थ्यो त्यसैले उ अब्बल थियो तर म भने पढेर के हुन्छ हामी गरिबै जन्मेको र मर्दा पनि गरिब भएरै मरिन्छ भन्ने सानो सोच लिने गर्थे त्यसैले म पढाईमा कमजोर बन्दै गएको हुँ।
सधै झै श्याम पाठ्शाला लाग्यो र म पशु लिएर खोला तिर झरे।दिन पनि कसरी बित्यो थाहा नै भएन । म पशु लिई घर फर्किदै थिएँ यतिकैमा श्याम भेट भयो उस्को मुहार चहकिलो पुर्णिामा जुन जस्तै भाको थियो। मैले अचम्भित हुदै सोधे”त त आज सारै खुसि छ्स त किन हो?”
श्यामले भन्यो “आज मलाई मस्टरले केही प्रश्नन गर्नुभयो र मैले त्यसको सहि उत्तर दिएँ जसले गर्दा मास्टर खुसी भएर मलाई स्याबासी दिनु भयो।”
म हल्का दुखी हुँदै भने “त्यही प्रश्न्न मलाई गरेको भए मेरो आज रामधुलाइ हुन्थियो है”
त्यस्तो हैन के माने, त पढाईमा ध्यान नै दिनह खालि पशु चराउन मात्र लाग्छस । मास्टरले त तेरो भलाइका लागि कुट्छन् नि त, त पनि भोलिदेखि
पाठशाला हिड्।
श्याम मलाई सम्झाउन खोज्यो तर म मान्दै मानेन।
उ रिसाएर त्यहाँबाट गयो।
समय सगै हामी दुवै जना बढ्दै गयौं ।मेरो जिबनको अन्धकार बाटो सुरु भयो।मेरो घरको वरिपरि अन्धकार बादलको घेरो बस्यो ।मेरो घरमा त्यति खेर ठूलो घटना घटयो । पल्लो गाउँबाट विवाह भोज गरि घर फर्किदा बाटोमा पहिरोको कारण मेरो बुबा ,आमा र बहिनीको निधन भयो। त्यो दिन म सबेरै पशु चराउन गएको थिए र मलाई खबर आयो कि मेरो परिवारको निधन भयो। त्यस भोजमा श्यामको परिवार पनि गएका थिए तर उनिहरु घरमा काम भएकोले छिटै भोजबाट निस्किएको रहेछन् । म त्यति खेर सानै उमेरको थिए। आफ्नो भन्ने कोहिनाइ भए जतिको अन्तिम सस्कार मेरै हातबाट भएको थियो। कसैले लगेर राख्लान भन्न पनि आफ्नै घरका जहान त पालन धौ धौ हुनेले मलाई के को राख्थे र ? ।
म एक्लो भए ।आफुलाई नियन्त्रण गर्ने नभए पछी जो बालबालिका पनि बिगृदो रहिछन् ।मेरो हालत पनि त्यस्तै भयो
म पनि खराब लत म फस्न थाले । मैले पनि जाडरक्सीको सेवन र जुवातास जस्ता खराब लतमा लाग्न थाले ।
समय बित्दै गयो । हामी जति ठूलो भए पनि हाम्रो साथ भने कहिल्लै टुटेन।
उ हाम्रो क्षेत्रको विधालयमा उत्कृष्ट नम्बर ल्याएर उ पढ्नको लागि सहर गयो। केही वर्ष पछी उ मलाई भेट्न आयो उसको अनुहार त्यस्तै चहकिलो थियो जस्तो सानो मा हुने गर्थियो।
मैले सोचे आज पनि यसले केही प्रगती गरेर आयो । उ बिहान झिसमिसमा आएको थियो किनभने अघिपछि म जाडको तालमा हुन्थे। आउनसाथ उसले भन्यो “माने अब म पाइलट पढ्न विदेश जादै छु।” मैले अचम्म पर्दै सोधे “हैन श्याम तेरो परिवार र मेरो परिवारमा जहान पाल्न त धौ धौ हुने अब तलाई कसरी विदेश मा पढाउन कसरी सक्छन् त ”
श्यामले भन्यो ” मेरो छात्रवृत्तिमा नाम निस्केयो जस्ले गर्दा अब म नि नि शुल्क विदेशमा पाइलट पढन पाउछु त्यसैले म विदेश पढ्न जाँदै छु। अहिले म जनछु फर्के पछी भेटौला नि”
यति भनेर उ त्यहा बाट गयो। म किन हो किन ठूलो रुखको छाहरिबाट भुईमा पछारिए जस्तो लाग्यो। मलाई धेरै पछुतो लाग्यो कि उतिखेर म श्यामले पढम भन्दा मानेको भए आज म उ जस्तै ठूलो मान्छे हुन्थे होला तर म खुसी पनि भए आफू सगै खेलेको,हुर्केको मित्र आज जहाज उडाउने भयो।
होला मलाई श्यामको कुरा सुन्दा पछुतो लाग्यो होला तर म मेरो व्यवहारमा परिवर्तन ल्याउन सकेन। म झन झन बिगृदै गए। भएको धन सम्पत्ती,पशु,खेत जग्गा,घर सारा सम्पत्ती कति बेचेर सके त कति जुवातासमा उदाए। अब म सित बेच्नको लागि आफ्नो ज्यान मात्र बाकी थियो । अब म न त खानै पाए न त आराम्दायी निद्रा नै पाए। कहिले कुन ठाउँमा फालेको खाना खान्थे त अहिले पाटिमा सुत्थे। राम्रो सित के सुत्न पाउनु कहिले पानीको बासिटोले त कहिले कुकुरको कारणले म निदाउ नै पाउन्थिएन। म एता उता पागल कुकुर झै भौतारिन लागे। मेरो जीवन कष्टकर बन्दै गयो। अब म पागल हुन मात्र बाकी थियो। मेरो उमेर बल्लब १९ २० मा टेकेको अब मलाई के लाग्न लाग्यो कि मलाई कसैले पढ्न जा भने म खुसी हुँदै पढ्न जान्थे होला तर के गर्ने आफ्नो मान्छे कोहि नाइ , हो म शीत एउटा त्यही पशु चर्याउने भए पनि सीप छ तर के गर्नु गाउमा त्यही पशुपालनबाट कमाएर जिविकोपार्जन गर्न धौ धौ हुने मलाइ के काममा राख्लान र ? एक दिन म बाटोमा भौतारिदै हिड्दा आफुले जुवामा हारेको घर नजिक पुगे । घर नजिक एउटा ढुङ्गो थियो जसमा अलि अलि देखिने आमा लेखिएको थियो । आमा भन्दा मलाइ याद आयो सानोमा आमाले मलाइ भन्नू हुन्थ्यो ” तलाइ ठूलो मान्छे बनाउने सपना मैले एउटा थैलिमा सङ्घालेर राखिकी छु “। त्यो सपना के रहिछ भनेर त्यो थैलि खोज्न थाले अन्तिममा त्यो थैले भेटियो । त्यस थैलीलाई खोलेर हेर्दा त्यसमा केही सिक्का सुनको फुलि र एउटा प्रहरिको फोटो रहेछ । मेरो मन सारै रोयो । आमा मलाइ पढाएर ठूलो मान्छे बनाउने सपना देख्नु भएछ तर म कस्तो कुपुत्र है जस्ले आफ्नै बुबा आमाको सपना पुरा गर्न सकेन । केहि बेर म गम्भरतापूर्वक सोचे र म तिनै पैसाले सहर गएर काम गर्ने निर्णय गरे । म जनतन सहर त पुगे तर त्यहा पुग्दा मैले सोचेको केही रहेनछ । सहर गएर पशु चर्याउने काम गरेर भए पनि जिविकोपार्जन गरु भन्ठानेको त्याह त पशु नै नपाल्दा रहेछन ।अन्य काम खोज्न गयो त सुरुमै शैक्षिक योग्यता सोध्छन । एउटा काम थियो त्यही सवारी साधनमा भाडा उठाउने काम तर मैले सानोमा पढेको भए पो आउथियो र तर पढिएन के को आउथियो र ? मैले पैसा पनि चिन्दैन्थेब, कति दिएमा कति फर्काउने भन्ने पनि थाहा थिएन्ब। केही नजान्नेलाइ के काममा राख्थे र ? झपारेर फर्काए ।
अब, मेरो साथमा भएको अलिकती पैसा त्यो पनि सहर आउदा खर्च भयो । पैसा कमाउ भने काम दिदैन्न काम पनि कसरी दिन्थे र केही सीप छैन । अब म के गर्ने भन्ने बारे सोच्न सकेन । मेरो साथमा एउटा काम गर्नु बाहेक अन्य विकल्प नै थिएन । मैले अब पैसा कमाउनको लागि भिक माग्नु बाहेक अन्य विकल्प नै थिएन ।
मैले अब पैसा कमाउनको लागि भिक माग्नु पर्यो । मेरो जीवन कति विरक्त लाग्दो है , उमेर छ , हात पाखुरा सबल छ्न तर सिपको कमिले भिक माग्न बाध्य भए। भिक मागेर मेरो जिवन चलिरहेको थियो। म जस्ता भिक माग्ने व्यक्ती सहरको बजारमा कोहि विमानस्थलमा त कोहि सडकमा र म र म जस्ता केही व्यक्ती बसपार्कमा बसेर भिक मागेर हाम्रो गुजारा चलेको थियो।
केही समय यसरी भिक मागेर नै चल्यो ।
मेरो हालत यस्तो थियो कि न नुहाएको, लामा लामा नङ,लामो लामो दारी र कपाल ,कपडा च्यातिएको एकदम घृणा लाग्दो मेरो हालत भएको थियो । एक दिन एक जना व्यक्ती चितिक्क परेको , कोट पाइट , टाई , जुत्ता लगाएर एक हातमा बाकस र अर्को हातमा ठुलो झोला बोकेर आउदै थियो । त्यस व्यक्तीले परै बाट सबै भिकारीलाई दान दिदै आउदै थियो । यतिकैमा मेरो पालो आयो उस्को अनुहार देख्दा मैले मेरो मन थाम्नै सकेन किनभने उ मेरो परम मित्र श्याम रहिछ म डाको छोडेर रुन थाले । उस्ले मेरो भाडोमा एक पुरी खानेकुरा र केही पैसा राखेर सोध्यो “हजुर किन रुनु भएको ” मैले आँसु पुछदै भने “तिमी श्याम हैन र ?” उस्ले भन्यो “हो म श्याम नै हो किन र ? अनि मलाइ तपाईले कसरी चिन्नुहुन्छ त ?” भनेर सोध्यो यति भन्नसाथ म झन डाको छाडेर रुन थाले केही बेर रोए पछि उस्ले फेरि सोध्यो “तपाईं किन रुनु भाको र भन्नुस त ?” मैले रुदै भने “तैले मलाई चिनिनस ” “नाइ चिनिन , को हो र तपाईं ? ” श्यामले भन्यो । ” म तेरो साथी माने चिनिस अब त ? ” मैले यसो भन्नासाथ उस्को हातको खानेकुरा र पैसा भुईमा झर्यो । उ पनि डाको छाडेर रुदै मलाई अङगालोमा बेरेयो । केही समय यसरी नै अङगालोमा बेरियो । श्यामले मलाई म यो हालतमा पुग्नुको रहस्य सोध्यो । मैले मेरो साथमा भएको सबै कुरा मैले उसलाई सुनाए । केही समय पछि दुई जना अनजान व्यक्ती हामी बसेको ठाउमा आए। उनी व्यक्तीले हाम्रो यो दृश्य पहिले देखि नै देखिराको रहिअछन । त्यि दुई व्यक्तीमध्ये एउटा व्यक्तिले सोध्यो “हैन यसरी सबै गरिब दान दिदै आउनु भएको दाजु एउटा गरिबलाई देख्दा अङगालोमा बेरेर रुनुको कारण के होला ? भन्न मिल्छ । यसरी त्यो भाइले सोध्यो र मैले भने उ मेरो एकदमै मिल्ने साथी हो । सानोमा हामी सगै खाएको , सगै खेलेको , सगै हुर्केको अतिनै मिल्ने साथी हो । उ पाउलट पढ्नको लागि प्रदेश गएको थियो र धेरै समय पछि हामिलाइ यसरी दैवले भेट गराउदा हामी मन थाम्न नसकेर यसरी रोएको हौं । मैले रुञ्चे स्वरमा भने ।
त्य भाइले फेरी सोध्यो ” हैन , मैले नबुझेको कुरा तपाईको साथी पाइलट बन्नु भयो भने हजुर चाहिँ किन यसरी बसपार्कमा भिक मागिरहनु भएको छ त ? “
मैले भने हामी दिईमा धन , सम्पत्ती , दुख , कष्ट सबै समान थियो तर हामिमा हाम्रो सोचको फरक थियो। श्याम सधै म पढेर केही गर्छु भन्ने सोचका साथ पढाईमा मिहिनत गर्थ्यो त्यसैले उ पढाईमा अब्बल थियो तर म भने हामी गरिब नै जन्मिएका हौँ र हामीले केही गर्न सक्दैनौं हामी गरिब भएरै मर्ने हो भन्ने तुच्छ सोच राख्ने गर्थे जस्ले गर्दा आज म यो हालत पुगेको हो ।
श्याम सधै ठूलो सोच लिएर काम गर्थ्यो त्यसैले उ आज ठूलो मान्छे भयो तर म भन्ने सानो सोच लिएर हिड्ने गर्थ्ये जस्ले गर्दा आज भिकारि बन्न पुगे।
श्यामले सानोमा पढाईलाइ महत्व दियो तर मैले पशु चर्याउने कामलाइ महत्व दिए । उसले पढ्नको लागि कलम समायो त मैले पशु चर्याउने डन्डी समाए। उ किताब कापि लिएर पाठसाला जान्थ्यो त म पशु लिएर जङगल जान्थे । तर श्यामले मलाई सधै भन्थ्यो पढ्न जान विध्या नै ठूलो हो भन्थ्यो तर म कहिलै मान्दैनथे त्यसैले उ पाइलट र म गरिब बन्न पुगेको हु । यती भन्दा भन्दै मेरो आँखा रसाए । मैले तीबभाइहरु लाई भने भाइ मैले अब श्याम सित एक्लैमा कुरा गर्न छ हजुरको काम भयो ?
मैले ती भाइहरु लाई भने र ती भाइहरु पनि त्याहबाट काम सकियो दाइ भनि त्याहबाट लागे ।
मैले श्यामलाइ भने ” श्याम मलाइ आफ्नो गल्ती प्रती पश्च्छताप छ अब म पढ्छु म पढेर केही गर्छु ” भने
श्यामले भन्यो ” सानोमा पढ्भन्दा नमान्नि अहिले आएर पढ्छु भन्ने यो उमेरमा कहाँ पढ्छ्स ” भनेर भन्यो । म रुन्चे स्वरमा भने “त मेरो साथी होस नि मलाइ जसरि भए पनि पढाइ दे म पढेर मेरो जिवनको कथा लेखछु जस्ले गर्दा मेरो जस्तो गल्ती अन्य बालबालिकाले नदोहोर्याउन। ” मैले श्यामलाइ भने,
त्यसपछी श्यामले भन्यो ” ल म पढाउछु “भन्यो र त्यसपछी उसले मलाई नदिमा लगेर नुहाइदियो , नया लुगा ,जुत्ता किनिदियो कपाल दारी काटिदियो त्यसपछी मलाइ आफ्नो घरमा लगयो । मलाइ श्यामको आफ्नो घर गए । त्यहा मैले काका काकीलाई देखे उहाहरुलाइ देख्दा मलाइ मेरो आमा बा को याद आयो म मन थाम्नै नसकेर रोए मलाई देखेर काका काकि पनि रुनु भयो । अनि खाना खाइयो । मेरो साथमा भएको घटना मैले काका काकिलाई पनि सुनाए त्यो दिन तेसै बित्यो । त्यसपछी श्यामले मलाई एउटा शिक्षण क्षेत्रमा भर्ना गरिदियो । त्यसपछी म ५ वर्ष नेपाली भाषामा मिहिनेत गरि पढाइ गरे । मलाई जिवनमा पहिलो दिन आनन्द महशुस गरे जुन दिन मैले किताब हातमा लिई पढ्ने प्रयास गरेको थिए । मैले मिहिनेतका साथ पढेर सफलता हासिल गरे
५ वर्षको सफलता पछि मैले यो कथा लेखेको हो । यो कथा लेख्नुको पनि कारण छ किनभने अहिले जुन बालबालिकाको सोच मेरो जस्तो छ त्यस्ता बालबालिकाले यो कथा पढेर मेरो जस्तो गल्ती नदोहोर्याउन भनेर म यो कथा लेखेको हो।
मेरो जस्तो सोच भएका बालबालिकाले यो कथा पढेर आफ्नो जिबनमा केही गरून् भन्ने उदेश्यले मैले यो कथा लेखेको हो ।
मेरो जस्तो सोच नलिई श्यामको जस्तो ठूलो सोच लिई बालबालिका अघि बढुन भन्ने उदेश्यले मैले यो कथा लेखेको हो
जुन बालबालिकाले कलमलाई घृणा गर्छन त्यो बालबालिकाले कलमलाई पनि माया गरून् भन्ने उदेश्यले म यो कथा लेखेको हो ।
यो कलमको पनि आफ्नै लिला हुदो रहेछ रामलिला जस्तो पहिला म त्यही कलम नसमात्दा म भिकारी बन्न पुगे भने आज त्यही कलमको कारणले आज तपाईहरुको लागि कथा लेख्ने बन्न पुगे ।
कलम साथी बन्ने छ यदि कलममाथी भर परेमा
कलम शत्रु बन्ने छ यदि कलमललाइ घृणा गरेमा
“जय कलम” रचना : कृष्ण थापा (नवलपरासी सुनवल )