ताजा अपडेटः

गुल्मीमा जन्मेकि पबित्राको जीवन संघर्ष

कल्पना खरेल
गुल्मीमा जन्मेकि पबित्राको जीवन संघर्ष प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार २०:०४

काठमाडौं । प्रत्यक्ष लोकदोहोरी गितमा पछिल्लो समयमा चर्चामा आएको नाम हो पबित्रा मगर जस्को हरेक दोहोरी गित चर्चामा छ।

गुल्मी जिल्लामा जन्मेकी मगरको बाल्यकाल गुल्मी मै बित्यो बाल्यकाल देखि नै गित संगीतमा रुचि राख्ने उनी सानै देखि नै बिधालय,गाउँ घरमा कतै रमाइलो भएको बेला गित गाउन अगि सर्थिन, कतै कार्यक्रम भयो भने पनि सहभागी हुन्थिन र बिजय पनि रेडियोमा आउने लोकगितका कार्यक्रम त सधै सुन्थिन र सहभागी हुन्थिन ।

आर्थिक अवस्था मध्यम भएको उनको गित संगीतको यात्रा दोहोरी साझ बाट सुरु भयो । १५ बर्षको उमेर देखि गित संगीतमा लागेकी हुन गित गाउनकै लागि १५ वर्षको उमेरमा घर छोडी बुटवल प्रवेश गरिन । केही समयको लागि बुटवल लाई कर्म थलो बनाउदै बुटवल बाटै हरेक कार्यक्रममा उपस्थित हुँदै आईन कार्यक्रममा दर्शक श्रोताको मन जित्दै आएकी उनि पछिल्लो समयमा काठमाडौं लाई कर्म थलो बनाउदै प्रत्यक्ष दोहोरीमा काम गरिरहेकी छिन।

पछिल्लो समयमा गित संगीतमा देखिएका समस्या लाई केलाउदै उनी भन्छिन जसरी हामी यस क्षेत्रमा आउन निकै गाह्रो पर्यो तर अहिलेका नया भाईबहिनी आउनलाई भाईरल नै हुनु पर्ने रहेछ उनी निकै भाबुक भएर भनिन अब चर्चा बटुल्न भाईरल आवस्यक छ ।




Ads