ताजा अपडेटः

स्याङ्जा गल्याङ्ग – ५ घाङ्ग्रे नजिक पहिरो, सेतिवेणि मिर्मि गल्याङ सडक खण्ड ठप्प

स्याङ्जा गल्याङ्ग – ५ घाङ्ग्रे नजिक पहिरो, सेतिवेणि मिर्मि गल्याङ सडक खण्ड ठप्प प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार १९:१४

तिलक पराजुलि, पर्वत।स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतिवेणि देखि ७०० मिटर अगाढि स्याङ्जाको जोगिमारा हुँदै मिर्मि गल्याङ जाने सडक खण्ड अबरुद्ध भएको छ ।

जोगिमारा देखि केही पर ठुलो खोला भन्ने ठाउँ नजिकै विसौना भन्ने स्थानमा सडक देखि माथि वाट सुख्खा पहिरो खस्ने क्रम नरोकिए पछि सडक अवरुद्ध भएको हो ।

सेतिवेणि देखि जोगिमारा सम्म पिच गर्ने जिम्मा पायको काष्ठमण्डप कन्ट्रक्सन ले वाटो को कटिङ्ग सकेर नालि तयार गरेर अगामि भदौ पछि सडक कालोपत्रे गर्ने उदेश्य राखेको थियो

बर्खा याम सुरु भए सँगै काम ढप्प पारेको बसेको स्थानिय बताउछन । २/४ दिन अघि पनि सोहि ठाँउमा पहिरो खस्नाले सडक अवरुद्ध भएको थियो । ३/४ दिनपछि मात्र पुर्व वाड अध्यक्ष विष्णु क्षेत्री को पहलमा वाटो खुल्ला गरियको थियो ।

सेतिवेणि देखि मिर्मि पिडिखोला गल्याड जोड्ने वाटोको पहिरो समयमै सडक बाट नहटाए स्थानिय सेतिवेणि बिधालयमा पढ्न आउने विद्यार्थी समेत मारमा पर्ने देखियको छ।उता पिडिखोला जोगिमारा देखि शब दाहासंकार गर्न ल्याउने वाटो समेत सडक पर्नाले जनप्रतिनिधि ले बेवास्ता नगरी छिट्टै काम गर्नु पर्ने स्थानिय बताउछन ।



Ads