ताजा अपडेटः

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्बन्धि १० दिने आधारभूत तालिम रानीपानीमा सम्पन्न

कल्पना खरेल
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्बन्धि १० दिने आधारभूत तालिम रानीपानीमा सम्पन्न प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार १५:५४

पर्वत। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा रहेको विहादी स्वास्थ्य चौकीमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सम्बन्धि १० दिने आधारभूत तालिम सम्पन्न भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा विहादी गाउँ पालिका स्वास्थ्य शाखाको संयोजनमा सञ्चालन भएको तालिमको सुरुवात जेठ १४ गतेबाट सञ्चालन भएको थियो। कार्यक्रममा बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि भुसाल , बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेल ,विहादी स्वास्थ्य चौकी प्रमुख बिमल पराजुली लगायतले कार्यक्रममा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको अन्तिम दिन २३ गते तालिममा सहभागी लाई प्रमाणपत्र र वोड वितरण गरिएको थियो ।




Ads