ताजा अपडेटः

तिमी जहिले अध्यारो रातहरुमा कृतिम खुशी भेटाउदै गर , म आफ्नो आकृती मेटाउदै जानेछु

कल्पना खरेल
तिमी जहिले अध्यारो रातहरुमा कृतिम खुशी भेटाउदै गर , म आफ्नो आकृती मेटाउदै जानेछु प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार ११:५८

काठमाडौं।आज मैले मेरो मन मुटुनै सुम्पिदिदा तिमिलाइ त्यही मान्छे धेरै भएको छ ।त्यसैले तिमिले अपमान गर्दै छौ रे मेरो मायाको ।

पछी आउने सुन्दर भबिस्यमा कहि कतै माया नपाएर ,तिमिले रोजेको मान्छेले तिम्रा कुराहरूमा साथ नदिदा ,माया पाउनका लागि तड्पिदा बल्ल थाहा पाउछौ र बल्ल एहसास हुनेछ मेरो मायाको ।तो बेला सोच्ने छौ ,कोहि थियो कुनै समय मलाई पनि उ आफू भन्दा धेरै माया र ख्याल गर्ने ।तर तिम्रो बेकिस्मत भनम या मेरो भाग्य त्यो बेला म रहदिन।तर त्यो बेला पक्कै पनि म सङ बिताएका अमुल्य तथा मिठा पलहरु रहने छ्न र यादहरुले सताइरहने छन ।अनि त्यही यादहरुको सम्झनाले धेरै रुलाउने छ तिमिलाइ।

थाहाँ छ नि सानु धेरै गुलियो चिया खादा कहिलेकाही नुनिलो पनि हुन्छ।सदै गुलियो चिया खादा दिक्क भयौं होला सानु ,कुनै दिन बिना चिनिको चिया खाएर त हेर चिनिको मिठास कस्तो थियो थाहा पाउने छौ।

इतिहास साची छ ,यति ठुलो सुर्यको प्रकाशले तातिने यो धर्तीमा कहिले घाम , कहिले छाया हुन्छ भने हामी त मान्छे हौ सानु ,कहिले खुशी कहिले आँसु हुदा अचम्म मान्नु पर्ने के छ र !! मानिस भए पछि कहिले खुशी हुनेछन् भने कहिले दु:ख र आशुको सामना पनि गर्नु पर्छ। केहि कुरामा हद भन्दा धेरै जिद्दी कहिले गर्नु हुन्न। समय आएपछि सबै इच्छा चाहाना आफै पुरा हुँदै जानेछन् । बस एउटा कुराको ख्याल राख्नु सानु ,माया गर्‍यो भन्दैमा हरेक कुरामा परिवारको आर्थिक परिस्थिति भन्दा माथिको इच्छा ,चाहाना कहिले नदेखाउनु ।आफ्नो मायामा सदा बिश्वास गर्नु ,शंका कहिले नगर्नु ।

उसको पनि आफ्नो परिवार हुन्छ ,इच्छा ,चाहाना ,जिम्मेवारी हुन्छ । खोइ कहिले बुझ्ने सानु । तिमि केहि आशा ,चाहाना र स्वाथ नराखी जिन्दगीमा आउ सानू तिमिलाइ तिम्रो दु:ख सुखमा हमेसा साथ दिनेछु ।सानू तिमी जहिले अध्यारो रातहरुमा कृतिम खुशी भेटाउदै गर , म आफ्नो आकृती मेटाउदै जानेछु।




Ads