ताजा अपडेटः

“देबि प्रसाद न्यौपानेको सान,बिहादीको पहिचान,,गाउँपालिका अध्यक्ष परविन गुरुङ

“देबि प्रसाद न्यौपानेको सान,बिहादीको पहिचान,,गाउँपालिका अध्यक्ष परविन गुरुङ प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार १७:०७

पर्वत ।पर्वतको दक्षिणीभेगमा पर्ने बिहादी गाउँपालिका– वडा नम्बर ४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी बिहादी गाउँपालिका सँगै पर्वत जिल्लाकै गरिमा बढाउन सफल भएको मा बिहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले बिश्वको अग्लो सगरमाथा सकुशल आरोहण गरेकोमा बधाई तथा शुभकामना दिनुभएको छ ।
गुरुङले आफ्नो सामाजिक सञ्जाल फेस्बुकमा न्यौपानेको फोटो पोष्ट गर्दै लेखेका छन् ।

‘देबि प्रसाद न्यौपाने को सान,बिहादीको पहिचान, भन्दै उनलाई शुभकामना दिएका थिए । ३१ वर्षीय न्यौपाने हाल नेपाली सेनामा कार्यरत छन् ।
जागिरको शिलशिलामा मुस्ताङमा काम गर्ने बेला पनि उनिले ६ हजार भन्दा कम उचाइका हिमाल चढेका थियो ।
अहिले उनी नेपाली सेनाको अभियान – आरोहण हिमाल क्याम्पेनिङ्ग २०२२ को अभियान आयो जस मार्फत सगरमाथाको आरोहण गर्ने मौका न्यौपानेले पाएका थिए ।



Ads