ताजा अपडेटः

जीवन र मृत्यु सङ्ग लडिरहेका राना लाई आर्थिक सहयोग

जीवन र मृत्यु सङ्ग लडिरहेका राना लाई आर्थिक सहयोग प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार २२:४१

सुनवल। २ वर्ष देखि बिस्तारामा जीवन र मृत्यु सङ्ग लडिरहेका राना लाई आर्थिक सहयोग आउन लागेको छ ।

पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर – ४ बेलारी निवासि भुल बहादुर राना लाई उपचार गर्नको लागि आर्थिक सहयोग आउन लागेको हो ।

दुई बर्ष अगि घाँस काट्ने क्रममा रुख बाट लडेर घाईते हुनुभएको रानाको उपचार भैइरहेको छ पछिल्लो समयमा उपचार गर्न नसके पछि बिस्तारामा जीवन र मृत्यु सङ्ग लडिरहनु भएका राना लाई आज सुनवल-३ किर्तिपुर २ कराते डोजो परिवारको नेतृत्वमा संकलन भएको रकम ३०२०० तीस हजार दुई सय र डोजोको भाइ बहिनिहरुले आफ्नो खाजा खर्च बाट बचत गरि रानाको लागि केही सहयोग र खाद्यान्न समेत उहाँकै निवासमा गएर हस्तान्तरण गरेको सामाजिक अभियान्ता एवं डोजोको सचिब रोशन श्रेष्ठले बताउनु भयो साथै डोजो ले कहि दिन अगि रु ४५००/- बराबरको एअर म्याट्रेस प्रदान गरेको श्रेष्ठ बताउनु हुन्छ ।

कराते डोजोकी प्रमुख प्रशिक्षक एवं अभियान कर्ता कमला रानाले रानाको उपचारको लागि अझै धेरै रकम आवश्यक पर्ने हुनाले सहयोगी र मनोकारी महानुभावहरुलाई सहयोग गरिदिनु हुन अपिल गर्नु भएको थियो ।

रानाको आर्थिक अबस्था दयनीय भएकाले उपचार गर्न नसकेपछि सम्पुर्ण लाई सहयोग गरिदिनु हुन राना को परिवारले आग्रह गर्नु भएको छ।



Ads