ताजा अपडेटः

नेपाल मगर संघ वडा नम्बर ५ वडा कमिटिको १४ औं वार्षिक  साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न

नेपाल मगर संघ वडा नम्बर ५ वडा कमिटिको १४ औं वार्षिक  साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार १९:३५

अमृता सुनार,सुनवल।नेपाल मगर संघ सुनवल वडा नम्बर ५ वडा कमिटिको १४ औं वार्षिक साधरण सभा तथा चौथो अधिबेशन सुनवल नगरपालिका वडा नम्बर ५ हर्दिया १ मा अवस्थित त्रीरत्न बौद्ध बिहारमा सम्पन्न भएको छ ।

मगर संघ वडा नम्बर ५ वडा कमिटिका अध्यक्ष हर्क बहादुर पुनको अध्यक्षतामा तथा नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश सदस्य एबम वडा नम्बर १ का नवनिर्बाचित वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य जुठि माया रेगामि मगर नगर कमिटि सुनवलका अध्यक्ष मन बहादुर थापा ( दिपक ) पुर्ब जिल्ला उपाध्यक्ष भिम बहादुर दर्लामि मगर , नवनिर्बाचित वडा सदस्य पुर्ण बहादुर राना, बल बहादुर थापा, बिष्णु थापा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आर्थिक प्रतिबेदन कमिटिका कोष्धयक्ष सरिता थापाले प्रस्तुत गर्नु भएको थियोे भने संगठनको प्रतिबेदनं अध्यक्ष हर्क बहादुर पुनले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको चौथो अधिबेशनबाट हर्क बहादुर पुन मगरको अध्यक्षतामा ११ सदस्यीय वडा नम्बर ५ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा चेत बहादुर शिरिस मगर, सचिबमा कृष्ण बहादुर राना सह सचिबमा भुपाल बहादुर पुन, कोष्धयक्षमा हिरा देवि आले मगर र सदस्यहरुमा रबिन घर्ती मगर, अमृता थापा मगर, सुमन पुन मगर, रुपा राना मगर, ओम बहादुर काउचा मगर र लाल बहादुर थापा मगर लगाएत चयन हुनु भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सदस्य मन बहादुर थापा मगरले भर्खरै बैशाख ३० गते सम्पन्न भएको निर्बाचन बाट निर्बाचित भएका देशै भरिका मगरहरुको मेयर उप मेयर पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वडा सदस्यहरुको जानकारी गराउदै सुनवल नगरपालिका निर्बाचित हुनुहुने सबै वडा अध्यक्ष वडा सदस्यहरुलाइ बधाई तथा शुभकामना दिनु भएको थियो । साथै वडा नम्बर ५ मा निर्बाचित गराउनु हुने सबैमा धन्यवाद दिनु भएको थियो ।

प्रदेश सदस्य जुठि माया पुन, नगर कमिटि अध्यक्ष मन बहादुर थापा (दिपक) , पुर्ण बहादुर राना लगाएतले मन्तव्य दिनु भएको थियो भने मगर संघ वडा नम्बर ५ का सचिव कुमार श्रीसले कार्यक्रमको संचालन गर्नुभएको थियो ।



Ads