ताजा अपडेटः

पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घट्यो

कल्पना खरेल
पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घट्यो प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहीबार २०:४१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ ।

अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।




Ads