बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४० बर्षिय इन्द्र बहादुर चौधरी रहेका छन ।
आज विहान ६ बजे तिर खेत हेर्न गएका बेला चट्याङ लागेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनायको छ ।
उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।