ताजा अपडेटः

जनप्रतिनिधि लुकाउँदै एमाले बिहादी कार्यलय जनप्रतिनिधि विहिन हुदै स्थानीयलाई सास्ती 

कल्पना खरेल
जनप्रतिनिधि लुकाउँदै एमाले बिहादी कार्यलय जनप्रतिनिधि विहिन हुदै स्थानीयलाई सास्ती  प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार २०:३८

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा नेकपा एमाले ले जनप्रतिनिधिहरु लाई लुकाएकाे पाइएको छ।

एमालेबाट भर्खरै निर्वाचित एमालेका १७ जना जनप्रतिनधिकाे फोन अफ भएको र वडा कार्यालय मा पनि उपस्थित नभएको पाइएको छ।
जसले गर्दा केही स्थानीय आफ्नो सामान्य काम काज र गुनासो पोख्न नपाएकोमा दुःखी छन्।

एमाले ले पालिका उपाध्यक्ष र ३ वडा अध्यक्ष सहित १३ जना जनप्रतिनिधि जितेको छ।

यस्तै पालीकामा गठबंधनबाट पालिका अध्यक्ष, ३ वाड अध्यक्ष सहित ११ जना जनप्रतिनिधि जितेको छ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि प्रति एमाले ले नै अविश्वास गर्दै कार्यपालिकाकाे निर्बाचन नजिकिँदै गर्दा जनप्रतिनिधि लुकाएको आशंका गरिएको छ।

कार्यपालिकाको निर्वाचन भोलि जेठ १७ गते हुँदै छ।




Ads