सुनवल , वैशाख ५ गते । आधारभूत तह कक्षा ८ परीक्षा २०८१ मा सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई आज बिहिवार सुनवल नगरपालिकाले सम्मान गरेकाे छ ।
नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता एवम् उपप्रमुख सुर्यप्रसाद दुवे, सुनवल शिक्षाशाखा प्रमुख विष्णुप्रसाद गाेतामेकाे उपस्थितिमा उक्त सम्मान गरिएकाे हाे ।
एक कार्यक्रमकाे आयाेजना गरि ७ जना सामुदायिक विद्यालयका र २ जना संस्थागत विद्यालयका गरी ९ जना सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएकाे छन ।
जसअन्तर्गत ४ जिपिए ल्याउने सामुदायिक विद्यालयमा जगन्नाथ माध्यामिक विद्यालय भुमहिबाट माल्भिका घिमिरे क्षेत्री ,उज्वल च्वाईँ र उत्सव सुवेदी , धान्यांचल मावि बडेेेराबाट सिजन न्याैपाने, रमवापुर माविबाट जिविका चाैधरी ,महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयबाट नाजमिन करीम र जनता आधारभूत विद्यालय हरकट्टाबाट विदुर भण्डारी रहेका छन् ।
त्यस्तै संस्थागत विद्यालयबाट सुनवल यूनाइटेड बाेर्डिङ स्कुलका विनिता वर्मा र रामनगर एकेडेमीका शिला भण्डारी रहेका छन् ।
सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई खादा माला , डायरी र केहीँ नगदले सम्मान गरिएकाे हाे । साेहिँ क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिनुभयाे ।
जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाेप्रति खुसी व्यक्त गर्दै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिइ अझ परिणामुखि हुन सुझाव दिनुभयाे । त्यसैगरी साेहि क्रममम बाेल्दै उपप्रमुख सुर्यप्रसाद दुवेले स्थानिय सरकार भाैतिक पुर्वाधार भन्दा पनि शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेकाे बताउनुभयाे । उहाँले झट्ट हेर्दा प्रतिफल उतिखेरै नदेखिएपनि शिक्षाले दिर्घकालिन रूपमा समाज रूपान्तरणमा अहम भुमिका खेल्ने भन्दै आर्थिक बर्ष २०८२/०८३ मा फरक ढंगले बजेट विनियाेजन गरिने जानकारी दिनुभयाे ।
उता शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद गाेतामेले आधारभूत तह कक्षा ८ परीक्षा २०८१ मा सर्वाेत्कृष्ट नतिजा ल्याउनुमा विद्यालकाे नगरशिक्षा शाखाकाे अनुगमन, निरिक्षण , सगै विद्यालय व्यवस्थापन समिति , प्रध्यानाध्यापक,शिक्षक, अभिभावक र विद्यार्थी स्वयमकाे मेहनकाे परिणाम भएकाे बताउनुभयाे ।
कक्षा ८ परीक्षा २०८१ मा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय गरी ३३ विद्यालयबाट १ हजार ३ सय ५० जना विद्यार्थी सहभागी रहेका थिए ।