एमाले नवलपरासीद्वारा ५१ जना सक्रिय सदस्य सम्मानित
परासी, बैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) नवलपरासी पश्चिम जिल्ला कमिटिले ५१ जना नेता कार्यकर्तालाई सम्मान गरेकाे छ । आज मंगलबार पार्टीकाे ७६ ओै स्थापना दिवसकाे अवसरमा पार्टिका विभिन्न तहमा रहेर विभिन्न कालखण्डमा तन,मन र धनले पार्टी हुर्काउने सक्रिय सदस्यलाई सम्मान गरिएकाे हाे।
नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा सुनवल नगरपालिकाकाे नगरप्रमुखम विमला अर्यालले एक कार्यक्रमकाे बिचमा उहाँहरूलाई सम्मान गर्नुभएकाे थियाे ।
साेहिँ क्रममा बाेल्दै केन्द्रीय सदस्य अर्यालले नेकपा एमाले सर्वहारा वर्गकाे पार्टी भएकाेले जनताकाे समस्या समाधान गर्ने एकमात्र पार्टी भनेकै नेकपा एमाले रहेकाे बताउनुभयो ।
त्यसैगरी पार्टी जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले कठिन परिस्थितिमा पार्टीलाई जन्माउन , हुर्काउन र विशाल पार्टीको रूपमा स्थापित गर्न अहम भुमिका निर्वाह गरेकाेमा उच्च सम्मान स्वरूप अग्रज पार्टी सदस्यलाई सम्मान गरिएकाे बताउनुभयाे ।
सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खिमलाल पाेख्ररेल,पार्टीका केन्द्रीय स्कुल बिभागका सदस्य बद्री खनाल, सहसचिव राजन अर्चायले लगायतले आ-आफ्नो धारणा राख्नुभएकाे थियाे ।