ताजा अपडेटः

गाईभैसीँलाई बाझोपना निवारण ( डोर टु डोर ) शिविर संचालन

कल्पना खरेल
गाईभैसीँलाई बाझोपना निवारण ( डोर टु डोर ) शिविर संचालन प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार १५:४६

नवलपरासी पश्चिम, बैशाख ८ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिकामा बाझोपना निवारण ( डोर टु डोर ) शिविर संचालन गरिएको छ । गाई र भैसीमा देखिएको बाझोपना समस्यालाई समाधान गर्न सुनवल नगरपालिका भित्र रहेका १३ वटा वडामा यो शिविर संचालन गरिएको सुनवल नगर पशुपछिं विकाश शाखाका पशुचिकित्सक डा. टोज ढकालले बताउनुभयो ।
गाईको बाछीले १८ महिनासम्म बहर नखोजेमा, एक पटक व्याएपछि ३ महिना सम्म बहर नखोजेमा , विजी लगाएपछि पटक–पटक गरी ३ पटक सम्म उल्टिएमा त्यसलाई बाझोपना भन्ने गरिन्छ ।
त्यसैगरी भैसीँको हकमा भने पाडिले साढे २ बर्षदेख ३ वर्षभित्रमा रागाे नखोजेमा , १ पटक व्याएर ४ महिना सम्म रागाे नखोजेमा, १ पटक विजी लगाएर ५–६ महिनामा पुनं उल्टिएमा बाझोपना भन्ने गरिन्छ ।
त्यस्ता गाईभैसीँलाई पशु विशेषज्ञ डा.किरण भण्डारी सहितको टोलीले कृषककै गोठमा पुगेर उपचार गरेको हो । नगरपालिका भित्रका १३ वटै वडाबाट ७० वटा गाईभैसीँलाई बाझोपनाको उपचार गरिएको सुनवल पशुस्वास्थ्य प्राविधिक जय नेपालले बताउनुभयो । नगरपालिकाको आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त शिविर संचालन गरिएको हो । यस नगरपालिकामा हालसम्म ४ सय .पशुपछिं फर्म दर्ता भई संचालनमा रहेका छन् ।




Ads