नवलपरासी पश्श्चिम चैत ३१ गते । नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका-७ सुर्यपुरामा पालिका केन्द्रित जरा अभियान तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापुर गाउँ कमिटीद्वारा आयोजित सभामा नेपाली कांग्रेस, नेकपा माओवादी तथा अन्य दलमा आबद्ध २७५ जना व्यक्तित्वहरू एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमाले प्रतापपुर-९ गाउँ कमिटि अध्यक्ष राधेश्याम थापाको अध्यक्षता एवम् केन्द्रिय सदस्य विमला अर्यालको प्रमुख अतिथ्यतता पालिका केन्द्रित जरा अभियान तथा पार्टि प्रवेश कार्यक्रम भएको हो ।
कार्यक्रममा बाेल्दै उनीहरूले पार्टीको निति ,सिद्धान्त मन परेर नेकपा एमालेमा प्रवेश गरेकाे बताएका छन् । २०८४ मा प्रतापपुर गाउँपालिकामा नेकपा एमालेलाई जिताउन भावी कार्य योजनाको बारेमा जनतालाई सुसूचित गराउँदै संगठनलाई अझ मजबुत बनाएर लाने प्रतिबद्वता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले नेकपा एमाले सर्बहारा बर्गको पक्षमा काम गर्ने पार्टि भएकाे भन्दै पार्टीमा गाेलबद्व हुन सबैलाई आव्हान गर्नुभयाे ।
उहाँले वृद्धभत्ता, विपन्न आवास कार्यक्रम, पालिका स्तरिय अस्पताल निर्माण, दिर्घरोगीलाई राहत सुविधा, स्कुलमा दिवा खाजाको ब्यवस्था, शिक्षा र यातायात जस्ता जनपक्षीय कामहरू नेकपा एमालेकाे सरकार भएकै समय भएकाेले जनताकाे एकमात्र पार्टी नेकपा एमाले भएकाे बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले प्रतिनिधि सभा सांसद बिनोद चौधरीले निर्वाचनका बेला जनतालाई दिएकाे प्रतिवद्वता बिर्सेकाेमा आक्राेस व्यक्त गर्नुभयाे । संसदमा उभिएर आफू निर्वाचित क्षेत्रकाे पक्षमा कुनैपनि वहस नगरेकाे भन्दै उहाँले समानुपातिक सांसद सरिता खनाल भुसालले केरा, उखु खेतीदेखि डुवानको समस्या लगायतका बिषयमा संसदमा पटक पटक आवाज उठाइरहेकाे भन्दै बाहिरबाट आएकालाई अब विश्वास नगर्न आग्रह गर्नुभयाे ।
बलबहादुर चौधरीको स्वागत र सचिव दानबहादुर चौधरीकाे संचालन रहेकाे कार्यक्रममा जिल्ला समन्वय प्रमुख भगौती यादव, प्रदेश कमिटी सल्लाहकार रामलखन हरिजन, एमाले स्कुल केन्द्रिय विभाग बद्रीनाथ खनाल लगायतले बोल्दै अब एमालेकाे विकल्पमा कुनैपनि पार्टी नभएकाे बताउनुभयाे ।