ताजा अपडेटः

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

कल्पना खरेल
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार ०६:१४

पोखरा चैत २५ गते । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालनहुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न भएको छ । आगामी बैशाख १७गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चाल नहुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।
संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्ण मूर्ती जीमहाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व,यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उदेश्यत लायतको विषयमा जानकारी दिनुभएको थियो ।
त्यसको साथै कोटिहोम महायज्ञमा संकलनभएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर,मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागिपहल गर्ने लगायतको बिषयमापनि उहाँले जानकारी दिनुभयो ।




Ads