चैत ३, नवलपरासी । नसर्ने राेग नियन्त्रण तथा स्वस्थकर जीवनशैली प्रवर्धन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आज आइतबार सुनवल नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे छ ।
स्वास्थ कार्यालय , परासी पश्चिम नवलपरासीकाे आयाेजनामा “समयमै नसर्ने राेगकाे जाँच गराओै, स्वस्थ र दिर्घ जीवन बाँचाै ” भन्ने नारा सहित उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटु रोग, क्यान्सर आदि नसर्ने रोगहरु कसरी लाग्छन् र यसकाे राेकथाम तथा नियन्त्रणका उपायहरू के हुन सक्छन् भन्ने विषयमा जानकारी गराइएकाे थियाे ।
नसर्ने राेग मानिसको व्यक्तिगत आनीबानी तथा जीवनशैली , बंशाणुगत र वातावरणीय प्रभावका कारण लाग्ने भएकाेले स्वस्थकर जीवनशैली र खानपानकाे माध्यमबाट यसकाे राेकथाम र नियन्त्रण गर्न सकिने परिवार नियाेजन निरीक्षक निरज रानाले बताउनुभयाे ।
नसर्ने राेगका कारण वर्षेनी विश्वमा करिब ४ कराेड १० लाख मानिसको मृत्युु हुने गरेकाेमा , ती मध्ये सबैभन्दा बढी १ कराेड ७९ लाख मुटु तथा रक्तनलीका राेगहरूबाट, ९६ लाख क्यान्सरबाट , ३० लाख श्वासप्रश्वासबाट र १६ लाख मधुमेहबाट मृत्यु हुने गरेकाे छ ।
नेपालमा ( WHO Country Profiles 2019 ) अनुसार भएकाे कुल मृत्यु मध्ये ७१ प्रतिशत मृत्युुकाे कारण नसर्ने राेगबाट भएकाे छ । नेपाल लगायत दक्षिण पूर्वी एसियाका देशहरूमा विशेष गरि ३० देखि ७० बर्ष उमेर समुहका २२ प्रतिशत मानिसहरू नसर्ने राेगबाट अल्पायुमै मृत्यु हुने गरेकाे तत्थ्याङ्क छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ निर्देशनालयकाे आर्थिक सहयाेगमा गरिएकाे राेग नियन्त्रण तथा स्वस्थकर जीवनशैली प्रवर्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रम जिल्लाकाे सातै पालिकामा आयाेजना गरिने जनस्वास्थ्यका अधिकृत प्रशान्तमान महर्जनले बताउनुभयाे ।
यसअघि समेत स्वास्थ कार्यालय परासीले विभिन्न पालिकाकाे केही वडाहरूमा नसर्ने राेगकाे चेकजाँच गरेकाे थियाे । ३० बर्षभन्दा माथिका करिब १८ हजारलाई नसर्ने राेगकाे चेकजाच गर्ने लक्ष्य राखिएकोमा हालसम्म २७-२८ सय जनाकाे चेकजाच भएकाे छ ।
चेकजाँचका क्रममा सुगर, प्रेसर, मुटु राेग, मृगौला राेग, क्यान्सर, दम , दीर्घ श्वासप्रश्वास, उचाइ अनुसार बढी ताैल सम्बन्धि बिरामीहरू भेटिएका थिए ।
आज अभिमुखीकरण कार्यक्रम सगै सहभागी ५५ जनाकाे ब्लडप्रेसर, सुगर,मृगौलाकाे जाँच, बि.एम.आई जाँच गरिएकाे थियाे ।
,नगर स्वास्थ शाखा सिनियर अहेब चुडामणि नेपालकाे संचालन र नगर स्वास्थ शाखा प्रमुख कृष्ण न्याैपानेकाे स्वागत रहेकाे कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्याल, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पाेैडेल, माेतिलाल बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खरेल, निवर्तमान वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण बहादुर सेन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
भने स्वास्थ कार्यालय नवलपरासीका निमित्त प्रमुख भेषराज शर्मा रिजाले कार्यक्रमकाे विषयबस्तु र उदेश्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।