२८ फागुन, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हरेक कालखण्डमा कांग्रेसले राष्ट्रिय मुद्वालाई उजागर गर्ने र समाधानका लागि सम्पूर्ण शक्ति लगाउने गरेकाे टिप्पणी गर्नुभयाे ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय सम्मेलन क्षेत्र नं.२ ( क) नवलपरासी ब.सु.प.लुम्बिनी प्रदेशकाे आज बुधबार सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले अबका दिनमा कांग्रेस सच्चिदै जनतामा देखिएकाे असन्तुष्टिलाई सम्बाेधन गरी विश्वास जित्न जरूरी रहेकाेले त्यसतर्फ ध्यान दिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयाे ।
युवाहरूकाे राजनीति प्रति वितृष्णा बढेकाेले त्यसकाे कारण पत्ता लगाउन युवाहरूकै माझमा गई उनीहरूकाे आवश्यकतालाई सम्बाेधन गर्नुपर्ने महामन्त्री थापाकाे भनाई थियाे ।
थापा भन्नुहुन्छ ” यथेष्ट चाहना र दृढ संकल्प भए सानाे समयमा परिणाममुखि काम गर्न संभव छ , तीन बर्षमा बिदेश गएका नेपालीलाई नेपाल फर्कने वातावरण निर्माण गर्न सकिन्छ , राेजगार सृजना गर्न सकिन्छ, ”
भ्रष्टाचार यदि कसैले गर्छ भने त्यसकाे जिम्मा पार्टिले लिदैन स्वयम् व्यक्ति जिम्मेवार हुनुपर्ने भन्दै महामन्त्री थापाले भ्रष्टाचार गर्ने हरकाेहि कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गर्नुभयाे ।
क्षेत्रीय सभापती याम प्रसाद भुसालको सभापतित्वमा भएको सम्मेलनमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल, केन्द्रिय सदस्य सरस्वती अर्याल, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, लुम्बिनी प्रदेश सांसद वैजनाथ कलवार, निमा गिरी,निवर्तमान सुनवल नगरप्रमुख भिम बहादुर थापा, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव लगायतले बाेल्नुभएकाे थियाे ।