२६ फागुन, नवलपरासी । हुलाकी राजमार्ग योजना निर्देशनालयले अलपत्र हुलाकी सडकको काम एक हप्ता भित्र सुरु गर्ने बाताबरण तयार गरिने लिखित प्रतिबद्धता व्यक्त गरेको छ ।
आज साेमबार प्रतापपुर गाउँपालिकाकाे अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुमा धर्ना सहित दबाब दिएपछि हुलाकी राजमार्ग योजना निर्देशनालयले यस्ताे लिखित प्रतिबद्धता व्यक्त गरेको हाे ।
महालक्ष्मी बज्रगुरु ललितपुरले पश्चिम नारायण चोक देखि बेलाटारी सम्मको झन्डै ६ दशमलव ५ किलोमीटर सडक निर्माणको ठेक्का पाएको ६ बर्ष हुँदा समेत काम सम्पन्न गर्न सकेन ।
पटक पटक आन्दोलन गर्दा समेत लिखित सहमति कार्यान्वयन नभएको भन्दै तत्काल काम सुरु गर्न माग सहित योजना कार्यालय कपिलवस्तु घेराउ गरिएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो ।
घेराउ कार्यक्रममा प्रतापपुर गाउँपालिकाका स्थानियबासी, राजनीति दलका प्रतिनिधि र जनप्रतिनिधिलुे नाराबाजी समेत गरेका थिए ।
साेहि क्रममा हुलाकी राजमार्ग योजना कार्यालयका निमित्त कार्यलय प्रमुख ईन्जिनियर पवित्रमणि आचार्यले ७ दिन भित्र पुर्ण रुपमा काम सुरु गर्ने र काम सुरु नगरे खरिद ऐन र प्रचलित कानुन बमोजिम ठेक्का रद्ध गर्ने लिखित प्रतिबद्दता व्यक्त गर्नु भएको छ ।