१३ फागुन , नवलपरासी । द पायनिएर सेकेन्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल १ पश्चिम नवलपरासीको २५ ओै वार्षिकोत्सब एवं अभिभावक दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता एवम् सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यमा उक्त २५ ओै वार्षिकोत्सब एवं अभिभावक दिवस सम्पन्न भएकाे हाे ।
“संस्कार सहितकाे जीवन उपयाेगी शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नारा रहेकाे कार्यक्रममा विद्यार्थीद्वारी मार्चपास, स्वस्तिक बाचन, गजल तथा रचना बाचन, विद्यार्थीद्वारा भजनकृजन,भुमि नमस्कार ,व्यायामजस्ता फरक प्रस्तुतिले विद्यालय साच्चै आजकाे मागलाई अपनत्व गरेकाे अनुभुती हुन्थ्याे।
साेहि कार्यक्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले शिक्षा राजनीति भन्दा माथि उठेर बालबालिकाकाे भविष्यसगँ चिन्तित हुनुपर्ने धारणा राख्नुभयाे । उहाँले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई कुनै फरक चश्माले स्थानीय सरकारले नहेरेकाे भन्दै असल प्रतिस्पर्धाले मात्र शिक्षामा गुणस्तर ल्याउने बताउनुभयाे ।
यसैगरी नगरप्रमुख अर्यालले विद्यालयले शिक्षित विद्यार्थी मात्र नभई नैतिक विद्यार्थी समेत उत्पादन गर्न विद्यालयलाई सुझाव समेत दिनुभयाे ।
साेहि क्रममा बाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेले अभिभावकले चाहेकाे, समयले मागेकाे र देशले खाेजेकाे जनशक्ति उत्पादन गर्न विद्यालय तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्याैपानेले बद्लिदाे समयकाे मागलाई ध्यानमा राखेर परीक्षा केन्द्रित शिक्षा प्रणालीकाे अत्य हुनु जरूरी रहेकाे बताउनुभयाे ।
उहाँले विद्यार्थीले पढाइमा नम्बर कति ल्यायाे भन्दापनि परिवार , समाजमा कस्ताे व्यवहार देखायाे त्यसले विद्यालयकाे शिक्षाकाे स्थिति मापदण्ड गर्ने भएकाले संस्कार सहितकाे शिक्षा आजकाे आवश्यकता रहेकाे बताउनुभयाे ।
त्यसैगरी विद्यालकाे बारेमा जानकारी दिदै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्माले वि.स.२०५६ सालदेखि २०८१ सालसम्म आइपुग्दा ७७२ जनाले एस.एल.सी. , एस.ई.ई. परीक्षा उत्तीर्ण गरेकाेमा ८३ जनाले नेपाल सरकारकाे उत्कृष्ट ओहदामा रहेर काम गरेकाे जानकारी दिनुभयाे ।
उहाँले द पायनिएर सेकेन्डरी इङ्लिस वाेर्डिङ स्कुलले कुराभन्दा काममा विश्वास राख्ने भन्दै सिपमुलक शिक्षा प्रदान गर्न आगामी दिनमा सिकाईकाे प्रभावकारीताकाे लागि पढ्दै कमाउदै भन्ने अभियानलाई अगाडि बढाइने बताउनुभयाे ।
साेहि क्रममम प्रमुख अतिथिद्वारा पायनिएनर मंजरी पुस्तक समेत बिमाेचन गरिएकाे थियाे । शिक्षामा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सधै अब्बल रहेकाे यस विद्यालयमा शिक्षक र कर्मचारीकाे गरि ४४ जनाकाे टिम रहेकाे छ भने ६९२ जना विद्यार्थी रहेका छन् ।
शिक्षक संगम पाण्डे र यलि बुध प्रिथिकाे संचालन रहेकाे कार्यक्रममा प्याब्सन प्रदेश वरिष्ठ उपाध्यक्ष धनराज चापागाईं, प्याब्सन जिल्ला अध्यक्ष डम्मर गुरूङ, जिसन अध्यक्ष थमन सेरचन, प्याब्सनर जिसनका वरिष्ठ सल्लाहकार इन्द्र बहादुर गुरूङ, प्याब्सन नगर अध्यक्ष चाेलाकान्त रेग्मी ,उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
भने पुस्तक प्रदर्शनी देखि विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।