९ फागुन , नवलपरासी । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजीक बिकास मन्त्रालयले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु गरेकोे छ । सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका १२ वटै जिल्लका विभिन्न १७ वटा सामुदायीक विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।
अभियानका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि लगायतले अध्ययन गरि विद्यालयमा पुगेर अभियानकाे सुरुवात गरेका छन् ।
यसैबिच नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु भएको छ । पश्चिम नवलपरासीको गुठीप्रसौनी स्थित जनजागृती माध्यमिक बिद्यालयमा आयाेजित अभियानको लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले प्रदेश सरकारले अघि बढाएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सफल बनाउन जनसमुदायको भुमीका महत्वपुर्ण रहने विस्बास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी प्रतापपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रदेश सरकारले शैक्षिक सुधारका लागी ल्याएको उक्त अभियान कागजमा भन्दा पनि कार्यान्वयनमा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।