८ फागुन, नवलपरासी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति पश्चिम नवलपरासीको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशनले भोजेन्द्र पौडेलको अध्यक्षतामा २५ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
जसकाे उपाध्यक्ष मीना श्रेष्ठ, उपाध्यक्ष (महिला) सपना शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा विश्वनाथ आचार्य, कोषाध्यक्ष मधुसुधन बस्याल र सहसचिवमा मित्रलाल पंगेनी निर्वाचित हुनुभएको छ ।
समितिको सदस्यमा शिवनारायण चौधरी, सन्तोषी नेपाली, हरि जिसी, गंगा भट्टराई, प्रिती गुरुङ, चिनकुमार गुरुङ लगायत रहनु भएको छ ।
महासंघका निवर्तमान जिल्ला अध्यक्ष सुमन पन्तको अध्यक्षता तथा नेकपा एमाले नवलपरासीका सचिव धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा रहेकाे कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य ईन्द्र लामिछाने, लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद पोखरेल, प्रदेश सदस्य चुरामणि नेपाल, नेपाल निजामती कर्मचारी संगठन नवलपरासीका अध्यक्ष देवीलाल पौडेल, स्वास्थ्यकर्मी प्राविधिक संघ (पान) का जिल्ला अध्यक्ष बलराम सापकोटा, पेशागत महासंघ जिल्ला अध्यक्ष बलराम सापकोटा, पेशागत महासंघ नवलपरासीका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, एमाले जिल्ला सदस्य एवं स्वास्थ्यकर्मी महासंघ ईन्चार्ज भागिरथी पाण्डे, महिला सामुदायिक स्वास्थ्य स्वयमसेवक संघकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले आफ्नो भनाइ राख्नुभएकाे थियाे ।