२ फागुन , सुनवल । प्रथम सहिद क्यापटेन लखन थापा मगरको १४८ औ स्मृति दिवसको अवसर पारि आज शुक्रबार शालिककाे अनावरण गरिएकाे छ ।
नेपाल मगर संघ नगरकार्य समिति सुनवल पश्चिम नवलपरासीको आयोजनामा भएकाे कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालद्वारा सहिद क्या. लखन थापाकाे शालिक अनावरण गरिएकाे हाे ।
शालिककाे अनावरण गर्दै नगरप्रमुख अर्यालले हरेक जातजाति भाषा धर्म संस्कृतिकाे संरक्षण र सम्बर्द्धन गर्नु स्थानीय सरकारकाे दायित्व भएकाे बताउनुभयाे ।
सहितकाे याेगदानकाे सम्मानसगैँ उनीहरूले देखाएकाे बाटाेमा हिड्न आग्रह गर्दै नगरप्रमुख अर्यालले देशकाे स्वतन्त्रता , अखण्डता र सार्वभौमसत्ताका लागि बलिदानी दिएका सहिद सबैकाे साझा रहेकाे सुझाव दिनुभयाे ।
उहाँ शालिक निर्माणका लागि हाललाई ५ लाख विनियोजन गरिएकाेमा आगामी दिनमा साैदर्यकरणका लागि आवश्यकता अनुसार बजेट विनियोजन गरिने समेत प्रतिबद्धता व्यक्तगर्नुभयाे ।
यसैगरी साेहि क्रममम बाेल्दै नेपाल मगर संघ नगरकार्य समिति सुनवलका अध्यक्ष मनबहादुर थापा ( दिपक) ले क्या. लखन थापा कुनै जातकाे लागि मात्र नभई राष्ट्रकै लागि ज्यानकाे आहुती दिएकाे स्मरण गराउदै सबैले अपनत्व गर्न आग्रह गर्नुभयाे ।
उहाँले सहिद क्या. लखन थापा संगै साहादात प्राप्त गरेका अन्य ५ जनाको समेत खोजी गरि सहिद घोषणा गरिनुपर्ने बताउनुभयो । नेपाल मगर संघ नगरकार्य समिति सुनवलका नगर उपाध्यक्ष कुल बहादुर राना र विष्णु थापा मगरकाे संचालन रहेकाे कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश उपाध्यक्ष एवम वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगर,नेकपा एमाले सुनवल नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र सुनवल नगर अध्यक्ष मोहन कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
सुनवल वडा नं ३ किर्तिपुर २ मा रहेकाे शालिककाे सुनवल नगरपालिकाको रु ५ लाख लागतमा २०८० चैत्र १९ गते काम सुरु गरि २०८१ वैशाख २५ गते निमार्ण सम्पन्न भएको हाे ।