ताजा अपडेटः

भूमि आयोगका सदस्यको सपथ ग्रहण

कल्पना खरेल
भूमि आयोगका सदस्यको सपथ ग्रहण प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार २०:४९

१ फागुन, नवलपरासी  । भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीमा नियुक्त सदस्यहरुले आज बिहीबार सपथग्रहण तथा पदबहाली गरेका छन् ।
परासीमा आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले सदस्यहरु थानप्रसाद गैरे,सोमबहादुर रायमाझी तथा विज्ञ सदस्य राधा ढकाललाई सपथ गराउनु भएको हो ।


सपथ ग्रहण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारले हुदा खाने र हुने खाने बिचकाे फरक बुझेर काम गर्न आग्रह गर्नुभयाे ।
उहाँले यहाँ तीन चार पुस्दादेखि जाेतभाेग गर्दै आएकाे जमिनलाई आफ्नाे भन्ने अधिकारबाट बन्चित कैयौंकाे मुहारमा खुसी ल्याउन प्रत्येक स्थानीय सरकारबाट सत्यतथ्य छालबिन गरि काम गर्न  सुझाव दिनुभयाे ।
याे आयाेगले जंगाकाे पुर्जा नहुदा विवाह नभएकाे , उच्चा शिक्षा अध्ययन गर्नबाट बन्चित रहेकाे ,बैदेशिक राेजगार जान नपाएका घटनाहरू समाधान हुनेमा आफू आशाबादी रहेकाे बताउनुभयाे ।
त्यसैगरी जिल्ला समन्वय प्रमुख भगउती यादवले बजेटकाे जाेगाे गर्न सकिन्छ तपाईहरू काम गर्नुस् भन्दै पूर्ण रूपमा सहयाेग गर्न सबैलाई आग्रह गर्नुभयाे ।
बलियाे दुई दलबीचकाे सरकार र त्याे सरकारले बनाएकाे आयाेग आफैमा बलियाे रहेकाे भन्दै कुनैपनि लाेभलालचमा नफसी भूमि समस्या समाधानमा लाग्न सुझाब दिनुभयाे ।
उता सुनवल नगरप्रमुख बिमला अर्यालले भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई जतिसक्दो छिटाे लालपुर्जा बितरण गरी भुमि समस्या समाधान गर्न भुमि आयाेगका सदस्यलाई आग्रह गर्नुभयाे ।
उता आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले काग्रेंस एमालेकाे सरकार र काग्रेंस एमालेकाे भूमि  आयाेगले भूमि समस्या समाधान गर्न नसके कहिल्यैपनि सुकुम्बासी समस्या समाधान नहुने बताउनुभयाे ।
काम गर्ने दाैरानमा रकम अभावले ढिलाे हुनसक्ने समस्यालाई समाधानका लागि सबै स्थानीय सरकारलाई सहयाेग गर्न आग्रह भयाे । साथै गुरूङले सबैकाे साथ र सहयाेग भए भूमि समस्या धेरै भन्दा धेरै समाधान भएर जाने विश्वास समेत व्यक्त गर्नुभयाे ।




Ads