ताजा अपडेटः

तेस्रो स्मृति कप :- माेनिस्टार गाईज (  सुनवल ) विजयी

कल्पना खरेल
तेस्रो स्मृति कप :- माेनिस्टार गाईज (  सुनवल ) विजयी प्रकाशित मिति: २६ माघ २०८१, शनिबार २२:३१

२६ माघ, सुनवल । किर्तिपुर युवा क्लव द्वारा संचालित तेस्रो स्मृति कप नाै ए साइड खुल्ला नक आउट फुटबल  प्रतियोगिता २०८१ को फाइनल खेलमा माेनिस्टार गाईज सुनवल विजयी भएकाे छ ।
आज सुनवल ३ किर्तिपुर २ खेलमैदानमा जारी फाइनल खेलमा अलपत्र ग्रुप ( बनकट्टि ) लाई १ का विरूद्व २ गाेल गरि माेनिस्टार गाईज विजयी भएकाे हाे ।
खेलकाे पहिलाे हाफमा दुवैटिमले कुनैपनि गाेल गर्न सकेनन् तर खेलकाे दाेस्राे हातमा माेनिस्टार गाईजले पहिलाे गाेल गर्दै खाता खाेल्याे । त्यसपछि लगत्तै अर्काे गाेल हान्याे ।
२ गाेलकाे अग्रता दिएकाे माेनिस्टारलाई दाेस्राे हाफकाे २० मिनेटमा अलपत्र ग्रुपले १ गाेल फर्काएकाे थियाे ।
किर्तिपुर युवा क्लवका अध्यक्ष दीपक श्रेष्ठकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री एवं  सांसद खड्क बस्नेतको प्रमुख आतिथ्यतामा भएकाे फाइनल खेलमा  अलपत्र ग्रुप वनकट्टी का गोल रक्षक म्यान अप द म्याच घाेषित भएका थिए ।
त्यसैगरी सर्वोत्कृष्ट गोल रक्षकमा मोनिस्टर गाईजका गोल रक्षक युगल थापा,सर्वोत्कृष्ट डिफ़ेण्डरमा मोनिस्टर गाईजका अनुप थापा, सर्वाधिक गोल कर्ता राईजिङ्ग स्टार युवा क्लव भुमहीका विनोद केवट र सर्वोत्कृष्ट खेलाडी मोनिस्टर गाईजका जितेस गुरुडंग हुनुभएकाे छ ।
जित संगै विजेता टिम ले रु.१ लाख नगद सहित ट्रफि, मेडल सहित प्रमाण पत्र प्राप्त गरेका छन भने उपविजेता टिमले नगद रु ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
खेलमा आर्थिक तथा प्राविधिक सहयाेग गर्ने सम्पूर्णलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।




Ads