२५ माघ , नवलपरासी । प्रतापपुर गाउँपालिका हुँदै नारायण चोक देखि बेलाटारीसम्मको हुलाकी राजमार्गकाे निर्माण कार्य तत्काल सुरु गर्न प्रतापुर गाउँपालिकाले अनुराेध गरेकाे छ ।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित पत्रमा फागुन १५ गते सम्म सडक खण्ड निर्माण हुने सुनिधित गरी कार्य प्रारम्भ गर्न हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तु, लुम्बिनी प्रदेशलाई विशेष अनुरोध गरिएकाे हाे ।
उक्त सडक निर्माण कार्य करिब ६ वर्ष देखि अस्तव्यस्त रहेको छ । पत्रमा सो सम्बन्धमा स्थानीय तह, जनप्रतिनिधिहरू तथा सम्बन्धित निकायहरूसँग पटक-पटक छलफल तथा सहमती गरे तापनि कुनै ठोस कार्यान्वयन हुन नसकेकाे बताइएको छ ।
सडक निर्माण हुने अवस्था नदेखेपछी यसै सडक खण्डको निर्माण सुनिधित गर्नका लागी गाउँपालिकाले पटक -पटक विभिन्न आन्दोलन, धर्ना हुदै अनशन जस्ता दबाब मूलक आन्दोलनका कार्यक्रम गर्दै आएकाे थियाे ।
सोही अनशनका क्रममा लुम्बिनी प्रदेशका भैतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तु र निर्माण व्यवसायीको प्रतिनिधिको बिचमा भएको सहमती कार्यान्वयन हुने प्रतिबद्धता व्यक्ङगर्नुभएकाे थियाे ।
पत्रमा सहमति भए तापनि आजसम्म कुनै कार्य अगाडि नबढाएकाे भन्दै यहीँ फागुन १५ गते भित्र निर्माणकार्य शुरू नभए प्रतापपुर गाउँ कार्यपालिले राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएकाे छ ।