ताजा अपडेटः

सुनवल ६ काे नवनिर्मित वडा कार्यालय भवन समुद्वघाटन

कल्पना खरेल
सुनवल ६ काे नवनिर्मित वडा कार्यालय भवन समुद्वघाटन प्रकाशित मिति: २१ माघ २०८१, सोमबार २१:२४

२१ माघ, नवलपरासी । पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ६ काे नवनिर्मित वडा कार्यालय भवनकाे आज आइतबार समुद्वघाटन गरिएकाे छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा चापागाईंकाे अध्यक्षता तथा नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त वडा कार्यालयकाे समुद्वघाटन गरिएकाे हाे ।
पंचेबाजा सगँ माैलिक संस्कृति झल्काउदै सभ्य र भव्य रूपमा सुरू गरिएकाे कार्यक्रममा रूद्रि, हवन र वास्तु पुजा सगैँ भजनकृजन समेत प्रस्तुत गरिएकाे थियाे ।
आजकाे दिन सरस्वती पुजा समेत जुर्न गएकाेले प्रमुख अतिथि नगरप्रमुख अर्यालद्वारा विद्याकि देवी सरस्वतीकाे फाेटाेमा अबिर लगाई, रिवन काटेर , सिलालेख अनावरण गरि कार्यक्रमकाे समुद्वघाटन गरिएकाे हाे ।
तत्पश्चात कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले   “सामाजिक सुरक्षा,सुशासन,न्याय,विकास र समानता : समृद्ध नगर सुखि नगरवासी हाम्रो प्रतिवद्वता ” भन्ने नारालाई आत्साथ गर्दै निरन्तर जनमुखी काम गरिरहेकाे बताउनुयाे ।
उहाँले शासक हाेइन सेवककाे रूपमा मुस्कान सहितकाे सेवा प्रभाह गर्नुपर्छ भन्ने मूल्य र मान्यताकाे साथ स्थानीय सरकार कटिबद्ध रहेकाेले साेहि अनुरूप जनप्रतिनिधि र कर्मचारीलाई परिचालन गरिएकाे समेत बताउनुभयाे ।
नगरप्रमुख अर्यालले विकासका काममा  सहकार्य ,समन्वय र सह अस्तित्वलाई स्वइकार गर्दै  अगाडि बढेकाेले विराेधकाे लागि विराेध र  आलाेचनाकाे लागि आलाेचना मात्र हाेइन् सुधारात्मक आलाेचना ,रचनात्मक आलाेचना गर्न सुझाब दिनुभयाे ।
साेहि क्रममा बाेल्दै नगरप्रवक्ता तथा वडा नम्बर १३ का वडा अध्यक्ष कृष्णप्रसाद वगालेले सकारात्मक साेचका साथ व्यवहार अगाडि बढायाै भने त्यसकाे प्रतिफल पनि सकारात्मक हुने विचार व्यक्त गर्नुभयाे ।
यसैगरी कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेलले भाैतिक पुर्वाधार भएमात्र सेवा प्रभाह गर्न सहज हुने , भन्दै अबका दिनमा अझ चुस्तदुरून्त रूपमा नागरिकले सेवा पाउनेमा आफु आशावादी रहेकाे टिप्पणी गर्नुभयाे ।
वडा निर्माणका लागि वि.स. २०७९ मंसिर १४ गते रू. ७१ लाख ५२ हजार १ सय ६२रूपैयामा ठेक्का स्वीकृत  भएकाेमा वि.स. २०८० चैत्र ९ गते रू ६५ लाख ५५ हजार  ५ सय ६४ रूपैयामा काम सम्पन्न भएकाे हाे ।
त्यसैगरी नवनिर्मित वडाकाे कम्पाउण्ड निर्माणका लागि  आर्थिक वर्ष २०८०/८१ काे वार्षिक कार्यक्रममा रू.२२ लाख रकम स्वीकृत भएकाेमा  २०८० माघ ११ गते लागत साझेदारी सहित  रू.२४ लाख ५७ हजार  ६ सय ५३ रूपैयामा याेजना सम्झाैता भइ  २०८१ असार २३ गते कार्य सम्पादन भएकाे  सुनवल याेजना शाखा प्रमुख पुरूषाेत्तम ढकालले बताउनुभयाे ।
कार्यक्रममा जग्गादाता स्थानीय  जगिदार नाथ कवर,विशासय कवर योगी समाज र विशासय सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान समेत गरिएकाे थियाे ।
सुनवल याेजना शाखा प्रमुख पुरूषाेत्तम ढकालकाे संचालन र कार्यपालिका सदस्य सिता तिमल्सिनाकाे स्वागत रहेकाे कार्यक्रममा  पूर्व गाविस अध्यक्ष थानप्रसाद गैरे, राप्रपा जिल्ला अध्यक्ष रामजी पराजुली ,नेकपा एमाले नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी, नेकपा माओवादी नगर अध्यक्ष माेहन बहादुर कार्की , पूर्व वडा अध्यक्ष खेमराज पाण्डे, गंगाराम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । नवलपरासी खबरका लागि कल्पना खरेलकाे रिपोर्ट ।




Ads