२० माघ, नवलपरासी । तेस्रो स्मृति कप नकआउट ( ९ ए साइड ) फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार भएकाे खेलमा अलपत्र गाईज ( वनकट्टी ) विजयी भएकाे छ ।
सुनवल ३ किर्तिपुर २ खेलमैदानमा जारी दाेस्राे क्वाटरफाइनल खेलमा 35 FC सुनवललाई शुन्यका विरूद्व १ गाेल गर्दै अलपत्र गाईज ( वनकट्टी ) विजयी भएकाे हाे ।
आजको खेलमा अलपत्र गाइजका जर्सी नंबर ८ का निर बहादुर थापा म्यान अफ द म्याच घाेषित भएका छन् । भाेलिकाे तेस्राे क्वाटरफाइनल खेल विग बुद्व भुपु र जेनिथ किर्तिपुर १ बिच हुनेछ ।