ताजा अपडेटः

तेस्राे स्मृति कप : राईजीङ्ग स्टार र मुन स्टार विजयी

कल्पना खरेल
तेस्राे स्मृति कप : राईजीङ्ग स्टार र मुन स्टार विजयी प्रकाशित मिति: १९ माघ २०८१, शनिबार २०:४४

१९ माघ नवलपरासी । तेस्रो स्मृति कप नकआउट ( ९ ए साइड ) फुटबल प्रतियोगिता अन्तर्गत आज सनिवार भएकाे पहिलाे खेलमा राईजीङ्ग स्टार युवा क्लब भुमही र दाेस्राे खेलमा मुन स्टार गाइज ( सुनवल )  विजयी भएकाे छ।
पहिलाे खेलमा ग्रिन प्लान्ट कलेज (देवदह ) लाई शुन्यका विरूद्व ७ गाेल गरि राईजीङ्ग स्टार युवा क्लब भुमही विजयी भएकाे हाे भने दाेस्राे खेलमा नव ज्योति युवा क्लव अस्नैयालाई शुन्यका विरूद्व १ गाेल गरि मुन स्टार गाइज ( सुनवल ) विजयी भएकाे हाे ।
आजकाे खेलमा मुन स्टार गाईज सुनवलका जर्सि नं .१० का उमेश थापा र राइजिङ्ग स्टार भुमहिकम जर्सि नं.१० का विनाेद केवट  म्यान अल द म्याच घाेषित भएका छन् ।




Ads