ताजा अपडेटः

उद्योग वाणिज्य संघ सुनवलकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न

कल्पना खरेल
उद्योग वाणिज्य संघ सुनवलकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न प्रकाशित मिति: १९ माघ २०८१, शनिबार २०:१६

१९ माघ, नवलपरासी ।  उद्योग वाणिज्य संघ, सुनवल ,पश्चिम नवलपरासीकाे चाैथाे वार्षिक साधारणसभा आज सनिवार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष रमेश कर्माचार्यकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री माननिय भुमिश्वर  ढकालकाे प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भाैतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर  ढकालले  निजी संस्थालाई प्राेत्साहन गर्न नितिमानै  सुधार आवश्यक रहेकाे टिप्पणी गर्नुभयाे ।
त्यसका लागि प्रदेश सरकारकाे  अधिकार भित्र रहेर ओैद्योगिक मैत्री नीति बनाउने , व्यापारीहरूलाई करकाे मूल्यमा वृद्धि नभई करकाे दायरा फराकिलो बनाउने प्रकृयामा प्रदेश सरकार लागि परेकाे बताउनुभयाे ।
प्रदेश सरकार सदैव निजी संघसंस्था , उद्योगी, व्यापारीकाे साथमा रहेकाेले  आवश्यक परेका खण्डमा संघिय सरकार सगँ सहजिकरण गर्न समेत तयार रहेकाे उहाँको भनाई थियाे ।
स्थानीय ,प्रदेश र संघिय गरि तिनै तहकाे सरकारकाे समन्वयबाट मात्र सुन्दर देश निर्माण संभव रहेकाेले उद्योग वाणिज्य संघ सुनवलले जग्गा निश्चित गरेकाे खण्डमा निर्माणकार्यका लागि बजेट बिनियाेजन गरिने मन्त्री ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले उद्योग वाणिज्य संघ सुनवलले गरेकाे कामकाे प्रशंसा गर्दै समाज रूपान्तरणका लागि उद्योग वाणिज्य संघले निजी क्षेत्रमा लगानी र निजी क्षेत्रलाई प्राेत्साहन गर्ने काममा लाग्न सुझाव दिनुभयाे ।
उहाँले उद्योग वाणिज्य संघ सुनवलकाे भवन निर्माणका निम्ति  गतबर्ष १० लाख बजेट बिनियाेजन गरिएकाे र याे बर्ष पनि  बजेट बिनियाेजन गरिएकाे जानकारी दिनुभयाे ।
जग्गाकाे समस्यालाई फुकाउने बाटाे खाेलिदिन  प्रमुख अतिथि सगँ आग्रह गर्दै नगरप्रमुख अर्यालले उद्योग वाणिज्य संघ सुनवलकाे भवन निर्माणकाे निम्ति स्थानीय सरकार प्रतिबद्ध रहेकाे समेत स्पष्ट पार्नुभयाे  ।
कार्यक्रममा संस्थाका महासचिव तेजप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन ,  काेषाध्यक्ष मुरली गाैतमद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष रमेश कर्माचार्यकाे स्वागत र वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलकाे समापन रहेकाे कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु ,उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्याैपाने ,नेकपा माओवादीका नगर अध्यक्ष माेहन बहादुर कार्की,रामनगर बजार विकास संस्थाका युवराज भुषाल लगायतले बाेल्दै उद्योग वाणिज्य संघले उद्यमीलाई बचाउदै नयाँ उद्यमी जन्माउने अभियानमा लाग्न सुझाव दिएका थिए ।
साथै स्थानीय सरकार, बैंक र व्यवसायी विच पुलकाे रूपमा काम गर्दै देशमै स्वराेजगार सृजना गरि युवा पलायन राेक्न उद्योग वाणिज्य संघलाई  आग्रह समेत गरेका थिए ।




Ads