माघ १८, नवलपरासी । पश्चिम नवलपरासीकाे सरावल १ सालबासमा आज भएकाे माेटरसाइकल दुर्घटनामा एककाे मृत्युु भएकाे छ भने चालक गंभिर घाइते भएका छन् ।
साझँ ६ :४० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ सडक बिचको पेटीमा ठोक्किदा उक्त दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि गम्भीर घाइते भएका माेटरसाइकल पछाडी सवार रुपन्देही शुद्धोधन गा.पा. अमहवा बस्ने २८ वर्षिय कमल परियारकाे राति ८:२५ बजे डाक्टरले मृत घाेषणा गरेकाे थियाे ।
मोटरसाइकल चालक नुवाकोट लिखु ३ का २९ बर्षिय गाेपाल लाेहनीकाे टाउकोमा चाेट लागि गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।
.