१६ माघ , नवलपरासी । पश्चिम नवलपरासी स्थित प्रतापपुर गाउँपलिकाले आफ्ना स्थानीयलाई चिसोबाट जाेगाउन ब्लाङकेट वितरण गरिरहेकाे छ ।
बढ्दाे जाडाेका कारण हुने जाेखिमलाई न्यूनीकरण गर्न प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरू विपन्न जेष्ठ नागरिक र पूर्ण अपांग भएका स्थानीयबासीकाे घरदैलोमा पुगी ब्लाङकेट वितरण गरेका हुन् ।
“हुनेले जाडाेकाे व्वस्था गर्न सक्छन् , नहुनेका लागि स्थानीय सरकार छ “भन्दै गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव ,उपाध्यक्ष मानकुमारी चौधरी लगायत वडा तहका जनप्रतिनिधिहरू न्यानो लुगा र ब्लाङकेट बोकेर गाउँबस्तिमा पुगेका हुन्।
विगत केहिदिन देखि अभियानका रूपमा सञ्चालन गरिएकाे न्यानो लुगा वितरण कार्यक्रमलाई सबै वडामा आवश्यकता अनुसार वितरण गरिने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो।