१४ माघ, नवलपरासी । सुनवल ३ किर्तिपुरमा जारी तेस्रो स्मृति कप नकआउट ( ९ ए साइड ) फुटबल प्रतियोगिता अर्तर्गत आज भएकाे खेलमा मुन स्टार गाइज सुनवल विजयी भएकाे छ।
किर्तिपुर युवा क्लब द्वारा संचालित तेस्रो दिनको खेलमा मनकामना एफसीलाई शून्यका विरूद्व २ गाेल गर्दै मुन स्टार विजयी भएकाे हाे ।
खेलकाे १३ ओै मिनेटमा मुन स्टारका अमित क्षेत्रीले पहिलाे गाेल गर्दै खेललाई अग्रता दिलाए भने ४२ औं मिनेटमा निराजन क्षेत्रीले निर्णायक गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
आजकाे खेलमा मुन स्टारका निराजन क्षेत्री खेलको म्यान अफ द म्याच घोषित भएका छन् । सुनवल-३को खेल मैदानमा जारी फुटबल प्रतियोगितामा भाेलिकाे चाैथाे खेल आयाेजक राताे र 35 F.C. सुनवल विच हुनेछ ।