ताजा अपडेटः

सरावल गाउँपालिकाकाे १५ औं गाउँ सभा  सम्पन्न

कल्पना खरेल
सरावल गाउँपालिकाकाे १५ औं गाउँ सभा  सम्पन्न प्रकाशित मिति: १४ माघ २०८१, सोमबार ०९:५१

माघ १४, नवलपरासी । सरावल गाउँपालिकाकाे १५ औं गाउँ सभा  आईतबार सम्पन्न भएकाे छ । गाउँपालिकाले अध्यक्ष सुखाडि प्रसाद चौधरीद्वारा संचालन गरिएकाे गाउँसभामा सभा सञ्चालन कार्यविधि २०८१, व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक २०८१ र शिक्षा ऐन दोश्रो संशोधन २०८१ पास गरिएकाे छ ।
जसअन्तर्गत सभा सञ्चालन कार्यविधि २०८१, वडा नं. ७ का अध्यक्ष ह्यात अलि खाँ धुनियाँ, व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक वडा नं. ४ की सदस्य रञ्जना महतो र शिक्षा ऐन दोश्रो संशोधन विधेयक वडा नं. २ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले पेश गर्नु भएको थियो ।


त्यसैगरी सरावल गाउँपालिकाकाे उपाध्यक्ष वासमती हरिजनले चालु आ.ब.२०८१/०८२ को बजेट संशोधन प्रस्ताव पेस गर्नुभएकाे थियाे । भने  प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आ.ब.२०८१/०८२ को ६ महिनाको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियाे ।
यसैबीच वडा नं. ३ का वडा अध्यक्ष फिरङ्गी चौधरीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको सरावल गाउँपालिकाले जनाएकाे छ ।साेहि क्रममा शुन्य समयमा बाेल्दै जनप्रतिनिधि र सराेकारवालाहरूले  जनप्रतिनिधि कर्मचारीलाई नेतृत्व,काम अधिकार र कर्तव्यप्रति  समय समयमा प्रशिक्षण सञ्चालन गर्नुपर्ने, सेवाग्राहीलाई सर्वशुलभ, छिटोछरिता र पारदर्शी ढंगले सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका थिए ।




Ads