ताजा अपडेटः

प्रथम सरावल ओेेद्योगिक  व्यापार मेला आजदेखि सुरू

कल्पना खरेल
प्रथम सरावल ओेेद्योगिक  व्यापार मेला आजदेखि सुरू प्रकाशित मिति: १० माघ २०८१, बिहीबार २१:१९


माघ १०, नवलपरासी । स्थानीय क्षेत्रमा भएका प्रचुल संभावनालाई पहिचान गरि अगाडि बढ्न लुम्बिनी प्रदेश कृषि मन्त्री  दिनेश पन्थीलेले आग्रह गर्नुभएकाे छ ।
आज बिहिवार सरावल १ बासावसहिमा पश्चिम नवलपरासीमा आयाेजित प्रथम सरावल कृषि , पर्यटन , सँस्कृति तथा ओेेद्योगिक  व्यापार मेला २०८१ लाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
कृषिमन्त्री पन्थीले सरावलकाे कृषि ,पर्यटन , साँस्कृतिक देखि ओैद्योगिक विकाशमा लुम्बिनी प्रदेश सरकाले आफ्नाे क्षेत्राधिकारभित्र रहेर आवश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।


उहाँले संघिय सरकारकाे आवश्यक सहयाेगकाे लागि समेत अनुराेध दभेटघाट देखि  विभिन्न पहलकदमीका लागि प्रदेश सरकार र आफ्नाे व्यक्तिगत समेत पहलकदमी रहने विश्वास व्यक्त गर्नुभयाे ।
त्यसैगरी जिल्ला समन्वय समितिका अध्यक्ष भगउती यादव ( रूदल ) ले यस मेलालाई सफल बनाउन स्थानीय सरकार , स्थानीयबासी देखि हर एक व्यक्तिले अपनत्व गर्न आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीले सरावलबासिकाे धर्म,सँस्कृति ,रितिरिवाज ,परम्पराकाे प्रचार-प्रसारदेखि पहिचान र विस्तारमा याे मेला काेशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयाे ।
मेलाकाे मुख्य आकर्षणमा विभिन्न प्रकृतिका स्टलहरू, बालउद्यान, थारूघर, मगरघर, हाेटेल तथा रेष्टुरेन्ट देखि दैनिक स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारद्वारा देखाइने प्रस्तुतिहरू रहनेछन् ।
सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरेन्द्र यादवकाे स्वागत तथा सचिव देवराज राय थारू र पत्रकार उमेश वि.ककाे संचालन रहेकाे कार्यक्रममा विभिन्न पालिकाकाे पालिका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , स्थानीयबासी लगायतको उपस्थिति रहेकाे थियाे ।
“कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने नाराका साथ आज माघ १० गतेदेखि सुरू भएकाे मेला माघ २१ गतेसम्म संचालन हुने सरावल उद्योग वाणिज्य संघले जनाएकाे छ ।




Ads