ताजा अपडेटः

बेरोजगारी समस्या हटाउन व्यवहारीक शिक्षामा जोड दिनुपर्ने :- महामन्त्री थापा 

कल्पना खरेल
बेरोजगारी समस्या हटाउन व्यवहारीक शिक्षामा जोड दिनुपर्ने :- महामन्त्री थापा  प्रकाशित मिति: १० माघ २०८१, बिहीबार १८:३१


माघ १० नवलपरासी । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुककाे बढ्दाे बेरोजगारी समस्या हटाउन व्यवहारीक शिक्षामा जाेडदिनुपर्ने बताउनुभएको छ । आज बिहीबार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित प्रस्तावित आर्दश क्याम्पसको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्देै महामन्त्री थापाले यस्ताे बताउनुभएकाे हाे ।
राेजगारकाे अभावमा विदेशिने क्रम बढेकाे भन्दै महामन्त्री थापाले   राज्यले बर्सेनि ५ लाख युवालाई राेजगार सृजना गर्नुपर्ने बताउनुभयाे ।
बजारमा प्रविधिमैत्री शिक्षामाे माग भएपनि शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने पुरानै ढर्राकाे भएकाे  बताउदै उहाँले शिक्षा प्रणालिमै परिवर्तन गर्न आवश्यक रहेकाे टिप्पणी गर्नुभयाे ।


महामन्त्री थापाले यूवा पलायन राेक्न अबकाे सरकार निजि क्षेत्र संग सहकार्य गरि रोजागार सृजना गर्न लाग्नुपर्ने बताउनुभयाे ।
प्राविधिक शिक्षाको आवश्यकतालाई परिपुर्ति गर्न  प्रतापुरको समेरीमा ३ करोड ६५ लाख लागत अनुमान गरी १० कोठे पक्कि भवन निर्माणकार्य सुरु गरिएको  गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।




Ads