ताजा अपडेटः

रमवापुर माविमा आजदेखि चौथों राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

कल्पना खरेल
रमवापुर माविमा आजदेखि चौथों राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू प्रकाशित मिति: ९ माघ २०८१, बुधबार २२:१९

माघ ९, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता शुरू भएकाे छ । सुनवल  नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयकाे व्यवस्थापनमा सुरू भएकाे  प्रतियोगिताकाे समुद्वघाटन लुम्विनी प्रदेशका मुख्यमन्त्रि चेतनारायण आचार्यले गर्नुभएकाे हाे ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी २१ विद्यालयबाट चालु शैक्षिक सत्रमा कक्षा ९ देखि कक्षा १२ सम्म नियमित अध्ययन गरिरहेका ४ सय देखि ४५० जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे छ ।
सुनवल नगरपालिका वडा नम्बर ४ स्थित रमवापुर माविको खेल मैदानमा सुरू भएकाे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र छात्राको भलिवल, कबड्डी, १ सय देखि ४ हजार मिटर सम्मको रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफूट र मार्सल आर्ट तर्फ , कराते लगायतका खेल सञ्चालन गरिने खेल संचालन समितिका संयोजक एवं रमवापुर माविका प्रधानाध्यापक धुर्वराज घिमिरेले बताउनुभयाे ।
उद्वाटन कार्यक्रममा प्रमुख अतिथिलाई सलामी अर्पण गरिनुकाे साथै विद्यार्थी  भाइबहिनीद्वारा मार्सपाच गरिएकाे थियाे । साेहि क्रममा बाेल्दै प्रमुख अतिथि लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फुटबल खेलले खेलाडीकाे कार्यकाेैशलता प्रदर्शन गर्नुका साथै उत्कृष्ट खेलाडीले राम्रो आम्दानी गर्न सफल समेत सफल हुने बताउनुभयाे ।
उहाँले खेल राष्ट्रकै गहना भएकाेले खेलाडीलाई प्रेरित गरिराख्न र राष्ट्रले राम्रो खेलाडी जन्माउन पनि खेलमा लगानी आवश्यक रहेकाे टिप्पणी गर्नुभयाे ।  मुख्यमन्त्री आचार्यले सुनवल नगरपालिकाकाे भाैगाेलिक बनाेट , जनघनत्व र आवश्यकता अनुसार प्रदेशले छुट्टाएकाे बजेट कम नभएकाे भन्दै आवश्यकतातालाई ध्यानमा राखेर बजेटमा कुनै कन्जुस्याइँ नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
शिक्षक कृष्णप्रसाद लामिछानेको संचालक र विद्यालयका प्रध्यानाध्यापक धुर्वराज घिमिरेकाे स्वागत रहेकाे कार्यक्रममा पूर्व  मन्त्री था लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेत, जिल्ला समन्वय समिति प्रमुख भगउती यादव ( रूदल ) , सुनवल नगरप्रमुख विमला अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads