ताजा अपडेटः

सुनवलमा ३३४०  किशोरीले पाठेघरकाे मुखकाे क्यान्सर रोग बिरुद्ध लगाइने एच.पि.भी. ( HPV) खाेप लगाउदै

कल्पना खरेल
सुनवलमा ३३४०  किशोरीले पाठेघरकाे मुखकाे क्यान्सर रोग बिरुद्ध लगाइने एच.पि.भी. ( HPV) खाेप लगाउदै प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार २०:५७

माघ ८, नवलपरासी । एच.पि.भी. ( HPV ) खाेपका बिषयमा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आज मंगलबार सुनवल नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे छ ।
राष्ट्रिय अभियान अन्तर्गत यहीँ माघकाे २२ गतेदेखि २७ गतेसम्म  पाठेघरकाे मुखकाे क्यान्सर रोग बिरुद्ध लगाइने एच.पि.भी. ( HPV ) खाेप  सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरूलाई उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएकाे हाे ।
एच.पि.भी. खोप अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिइने नगरस्वास्थ शाखाका डिल्लीराज पराजुलीले जानकारी दिनुभयाे ।
जस अन्तर्गत  विद्यालयमा अध्ययन गर्ने ३३१७ छात्रा र अध्ययन नगर्ने २३ जना किशोरी गरी जम्मा ३३४० जनाले  एच.पि.भी. खाेप  लिने सुनवल नगरपालिकाकाे लक्ष्य रहेकाे छ ।
खाेपका लागि ३९ जना स्वास्थ्यकर्मी ,५६ जना स्वयंसेवक परिचालन गरिनेछ भने १३ वटै वडा अन्तर्गत ३६ वटा खाेपकेन्द्र संचालन गरीनेछन् ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले स्थानीय सरकार भाैतिक विकास  सगैँ स्वास्थका क्षेत्रमा पनि गम्भीर रहेकाे भन्दै लक्ष्यित समूह कुनेेेैपनि नछुटाउन सबैलाई आग्रह गर्नुभयाे ।
त्यसका लागि स्वास्थ्यकर्मी र स्वयंसेवक  मात्र  परिचालित भएर मात्र नपुग्ने भन्दै हरेक नागरिक र जनप्रतिनिधिलाई अपनत्व गर्न सुझाव दिनुभयाे ।
एक अध्ययनका अनुसार विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरकाे मुखकाे क्यान्सर हुने र सन् २०३० सम्ममा ७ लाख  सम्म पुग्ने अनुमान गरिएको छ । जसअन्तर्गत हरेक वर्ष ३ लाख ११ हजार महिलाहरूको पाठेघरकाे मुखकाे क्यान्सरबाट मृत्यु हुने गरेकाे छ भने  र सन् २०३० सम्ममा मृत्युदर ४ लाख पुग्ने अनुमान छ ।
नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएकाे छ ।  जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएकाे छ ।
जसकाे  निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एच.पि.भी. खोप समावेश गर्न सिफारिस गरेअनुरूप नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले याे बर्ष नियमित र प्रत्येक बर्ष अभियानकै रूपमा लैजाने बताएकाे छ। यो खोप एक मात्रा लगाएपछि  यसकाे पूर्णमात्रा हुने बताको छ ।
नगरस्वास्थ शाखा सिनियर अहेब अधिकृत चुडामणि नेपालले कार्यक्रमकाे संचालन गर्दै खाेप अभियानलाई सफल बनाउन सबैलाई हातेमालाे गर्न आग्रह गर्नुभयाे । स्वास्थ कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया इनिस्पेक्टर लेविलाल पाैडेलले सहजिकरण गर्नुभएकाे  कार्यक्रममा  उपप्रमुख सुर्य प्रसाद दुवे, वडा अध्यक्ष हेमलाल चापागाईं, कार्यपालिका सदस्य भगवती बस्याल, उद्योग वाणिज्य संघ सुनवलका सचिव तेजप्रसाद भण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads