पुस २१, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल २ बत्राैलि स्थित सुनवल परासी भित्री सडक खण्डमा माेटरसाइकल दुर्घटनामा परि चालककाे मृत्यु भएकाे छ ।
आज बिहान अन्दाजी १:५० बजे सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सोही दिशा तर्फ टायर पन्चर भई रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठक्कर खादा रामग्राम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी १८ को दिप प्रजापतिकाे मृत्युु भएकाे हाे ।
ठक्करबाट गम्भीर घाइते भएका प्रजापतिकाे उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही तर्फ पठाईएकोमा दिउँसो ३ बजे डाक्टरले मृत घाेषणा गरेकाे थियाे । शव पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाइएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
माेटरसाइकल पछाडी सवार साेहि ठाउँ निवासी वर्ष अन्दाजी १९ को सुरज सहानीको दुबै खुट्टामा चोट लागेकाेले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।