पुस २० नवलपरासी । जनउदय सामुदायिक बन उपभोक्ता समूह सुनवल ३ पश्चिम नवलपरासीका अध्यक्ष वीर बहादुर सुनार सहितका ४ जनालाई काठ चोरीको आरोप लागेको छ ।
समितिकाे बैठकमा कुनै निर्णय नगरिएकाे र डिभिजन वन कार्यालयसगँ कटानकाे आदेश नलिई अध्यक्ष सहित समूहका ४ जनाको आपसी मिलेमतोमा सामुदायिक बन क्षेत्रबाट करिब ४०-५० टन सिसौका गुलिया अवैध तवरले कटानी गरिकाे आराेप लागेकाे हाे ।
कटान गरिएका करिब २ टेक्टर अबैध सिसाैका गुलिया कार्यालयकाे पछाड़ी लुकाईको अवस्थामा भेटीएको उपभाेक्ता कर्ण बहादुर सेनले बताउनुभयाे।
जनउदय सामुदायिक वनका निवर्तमान अध्यक्ष बलबहादुर थापा र टेक बहादुर थापाद्वारा संयुक्त हस्ताक्षरित निवेदनमा साेहि बिषयमा छालबिन गरि आवश्यकत कारवाहिका लागि डिभिजन बन कार्यालय परासी , सुनवल नगरपालिका ,वडा नम्बर ३ काे वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सुनवललाई ध्यानाकर्षण गराइएको छ ।
निवेदनमा जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष वीर बहादुर सुनार, उपाध्यक्ष रंजिता बुढ़ाथोकी , सह-सचिब खेम बहादुर गुरुङ र सदस्य राजू गुरूङलाई नामै किटान गरि कारवाहिकाे माग गरिकाे हाे ।
तर अध्यक्ष वीर बहादुर विकले भने यसकाे खण्डन गर्दै कुनै अनाधिकृत रूपमा रूख कटनान नभएकाे मात्र राजनीति प्रतिशाेध साधिएककाे नवलपरासी खबरलाई जानकारी गराउनुभयाे । अध्यक्ष वि.कले समितिकाे निर्णय र उपभोक्ताकाे माग अनुसार मान्छे मर्दा पाेल्ने दाउरा नभएकाे र जाडाे माैसममा चाेक-चाेक, धार्मिक स्थलमा मुडाबाल्नका लागि सब डिभिजन सुनवलसगँ माैखिक सहमति लिई ढलेका सिसाैका रूख काटिएकाे बताउनुभयाे ।
त्यसका लागि लागत उठाएर सब डिभिजन सुनवललाई दिन ठिक्क पर्दा निवर्तमान अध्यक्ष बलबहादुर थापा र कर्णबहादुर सेनले नयाँ कार्यसमिति भित्र आफ्नाे प्यानलकाे मान्छे नपरेमा सुनियोजित ढंगले फसाउने काम गरेकाे टिप्पणी गर्नुभयाे ।
उहाँकोले काटिएका ढलेका सिसाेैका गुलिया कुनै विक्रिवितरण नगरिएकाे भन्दै घाटगद्दिमा राखिएकाेले आवश्यक छालबिन गर्न समेत माग गर्नुभयाे ।